• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

सिन्धुपाल्चोक जिल्लाको चार गाउँपालिकामा जनचेतना कार्यक्रम

सिन्धुपाल्चोक, मङ्सिर ३

नेपाल बौद्ध महासंघले विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ, नेपाल) सँग समन्वय गरी सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका, जुगल गाउँपालिका र भोटेकोशी गाउँपालिकामा बौद्ध शिक्षाको माध्यमबाट वन्यजन्तु तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम गत कार्तिक २६ देखि मङ्सिर २ गतेसम्म आयोजना गरी सम्पन्न भएको थियो ।


Read More
 

मुस्ताङको चार गाउँपालिकामा जनचेतना कार्यक्रम

मुस्ताङ, असोज १६

नेपाल बौद्ध महासङ्घले विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ, नेपाल) सँग समन्वय गरी मुस्ताङ, जिल्लाको घरपझोङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा बौद्ध शिक्षाको माध्यमबाट वन्यजन्तु तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम गत असोज १२ देखि १५ गतेसम्म आयोजना गरी सम्पन्न भएको थियो ।


Read More
 

NBF and WWF Nepal sign MOU to promote traditional knowledge in modern conservation science

Nepal Buddhist Federation and WWF Nepal entered a five-year partnership through the signing of a Memorandum of Understanding (MOU) at the WWF Nepal premise today. This partnership aims to forge strong collaboration and materialize on common conservation values to address pressing contemporary environmental issues, blending scared philosophies, faith values, and traditional knowledge with modern conservation science for the wellbeing of people and nature.


Read More
 

नेपाल बौद्ध महासंघबाट शिक्षा मन्त्रीलाई ज्ञापन पत्र

 

काठमाडौँ, जेठ - २१ 
परम्परागत गोन्पा शिक्षालाई २०६५ सालदेखि राष्ट्रिय मापदण्ड अनुसार र औपचारिक शिक्षाको समकक्षी बनाउने मूल उद्देश्यका साथ नेपाल सरकारले परम्परागत धार्मिक गोन्पा शिक्षालाई मान्यता प्रदान गर्दै आएको छ । नेपाल सरकारबाट परम्परागत धार्मिक प्रकृतिका विद्यालयहरूलाई मान्यता प्रदान गरिएता पनि गोन्पा विद्यालयका मुख्य विषयका शिक्षकहरूका लागि छुट्टै नीतिगत व्यवस्था नहुँदा स्थानीय स्तरमा अन्य विषय सरह अध्यापन अनुमति पत्र अनिवार्य गराउने गरिएकोले गोन्पा विद्यालयहरूमा शिक्षक व्यवस्थापनमा विभिन्न समस्याहरू देखिएका छन् । 


Read More
 

डोल्पा जिल्लामा जनचेतना कार्यक्रम

डोल्पा, बैशाख १५

नेपाल बौद्ध महासंघले विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ नेपाल) सँग समन्वय गरी डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका, काईके गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकामा बौद्ध शिक्षाको माध्यमबाट वन्यजन्तु तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम आयोजना गरिएको थियो ।


Read More
 

सोलुखुम्बुमा जनचेतना कार्यक्रम

सोलु, चैत्र २१

नेपाल बौद्ध महासंघले विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ नेपाल) सँग समन्वय गरी सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न वडाहरूमा बौद्ध शिक्षाको माध्यमबाट वन्यजन्तु तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम आयोजना गरिएको थियो ।


Read More
 

राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ, चैत्र ७

नेपाल बौद्ध महासंघको आयोजनामा राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सचेतना कार्यक्रममा विभिन्न गोन्पा, धार्मिक, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको छ ।


Read More
 

प्रशिक्षकको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ, चैत्र २

नेपाल बौद्ध महासंघले विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ नेपाल) सँग समन्वय गरी बौद्ध शिक्षाको माध्यमबाट वन्यजन्तु तथा वातावरण संरक्षण विषयक तीन दिने प्रशिक्षकको  लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।


Read More
 

नेपाल बौद्ध महासंघको पाँचौँ महाधिवेशन सुसम्पन्न

काठमाण्डौं असोज २७

नेपाल बौद्ध महासंघको पाँचौँ महाधिवेशन परम श्रद्धेय खेन्छेन नाम्डोल रिन्पोछेज्यूको प्रमुख आतिथ्यमा तीनचुली बौद्धमा सुसम्पन्न भएको छ । कार्यक्रममा महासंघका उपाध्यक्ष आचार्य नुर्बु शेर्पाले सभालाई स्वागत् गर्नु भएको थियो । त्यस्तै महासचिव खेन्पो कमल भण्डारीबाट त्रिवर्षीय महासचिवको प्रतिवेदन प्रस्तुत गरिएको थियो । तत्पश्चात् विभिन्न संघ संस्थाका प्रतिनिधि, महासंघका सल्लाहकारहरू र चार महायान बौद्ध परम्पराका अध्यक्ष तथा प्रतिनिधिहरूबाट शुभकामना मन्तव्य राखिएको थियो । प्रमुख अतिथि रिन्पोछेज्यूले मन्तव्य राख्ने क्रममा महासंघले विगतका दिनहरूमा बौद्ध धर्म, दर्शन, संस्कृति आदि शिक्षा क्षेत्रमा गरिएका कार्यहरूको प्रसंशा गर्नु हुंदै भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । पाँचौँ महाधिवेशनको शुभ अवसारमा प्रकाशन गरिएको स्मारिकालाई कार्यक्रमका प्रमुख अतिथि रिन्पोछेज्यूले विमोचन गर्नु भएको थियो ।


Read More
 

स्वयंभूमा सागा–दावा मोन्लामको साथै बुद्ध अस्तु धातुको दर्शन

 

काठमाण्डौ, असार २

नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आएको सागा दावा पर्व यस वर्ष स्वयंभू स्थित मुस्ताङ गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको उपस्थितिमा दुई दिने सागा दावा विशेष पूजा कार्यक्रम सम्पन्न भएको छ । प्रणिधान (मोन्लाम) कार्यक्रममा विशेष अतिथिको रूपमा श्रद्धेय सेर्कोङ रिन्पोछे र श्रद्धेय खेन्पो सोनाम टासी रिन्पोछेज्यूलाई आमण्त्रण गरिएको थियो । असार १ र २ गते दुई दिन भएको सागा दावा मोन्लाम पूजा कार्यक्रम स्थलमा बुद्धको अस्तु धातु (रिङ्सेल) पनि श्रद्धालु भक्तजनहरूलाई दर्शनको राखिएको थियो ।


Read More