• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

विभिन्न धर्मावलम्बी एकै साथै सडकमा

काठमाण्डौ, भदौं २०
नेपालका विभिन्न धर्मावलम्बीहरुले एकै साथ आइतबार राजधानीमा वृहत् धार्मिक तथा सांस्कृतिक र्‍याली प्रदर्शन गरेको छ । बृहत् र्‍यालीमा बौद्ध, किरात, ईश्लाम, ख्रीष्टियान, बोनका धर्मका अनुयायी र जातीय संगठनहरूले आआफ्नो संस्थाका व्यानर र प्ले कार्ड बोकेका छन् ।

भृकुटीमण्डप प्रर्दशनीमार्गबाट शुरु भएको र्‍याली भद्रकाली, माइतीघर मण्डल, बिजुलीबाजर हुंदै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई बौद्ध, किरात, ईश्लाम, ख्रीष्टियान, बोनका धर्मका धर्मगुरुहरुले सम्बोधन गर्नुको साथै आआफ्नो धर्मबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

धर्म निरपेक्ष संरक्षण महासमितिको आयोजनामा नयाँ बानेश्वरमा भएको विशाल धार्मिक कोणसभालाई सम्बोधन गर्ने क्रममा पहिलो वक्ता बौद्ध धर्मका प्रमुख फुपु छेम्बे शेर्पाले धर्म निरपेक्षताबारे सविस्तार उल्लेख गर्दै मुलुक यसबाट पछि फर्कन नसक्ने र यसको विकल्प नरहेको प्रष्ट पार्नुभयो। साथै तीन दलले गरेको व्याख्याप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो।
किरात धर्मका प्रमुख डकेन्द्रसिं थेगिमले सरकारले हिन्दु धर्मलाई काखा र अरु धर्मलाई कसरी पाखा पारिएको धार्मिक, सांस्कृतिक तथा भाषिक विभेदबारे मन्तव्य दिंदै यस्ता सबैखाले धार्मिक विभेदहरुलाई अन्त्य गर्न धर्म निरपेक्षता बिना अपव्याख्या कायम गर्नु अत्यावश्यक भएको बताउनु भयो।

ईस्लाम धर्मका प्रमुख नजरुल हुसेनले बहुधार्मिक देश नेपालमा भएको धार्मिक सहिष्णुता विश्वमा नै उदाहरणीय, अनुकरणीय र उल्लेखनीय भएकोले यसलाई कायम राख्न तथा मुलुकमा विद्यमान सबै धर्मको सहअस्तित्वलाई राज्यले स्वीकार्न धर्म निरपेक्ष कायम हुनैपर्नेमा जोड दिनुभयो। र, यसो नभए धार्मिक सहिष्णुता गम्भीर संकटमा पर्नसक्ने चेतावनी समेत दिनुभयो।
ख्रीष्टियन धर्मका प्रतिनिधि सिबि गहतराजले धर्म मान्न पाउने वैयक्तिक स्वतन्त्रताको उल्लेख गर्दै धार्मिक स्वतन्त्रताबारे मन्तव्य दिनुभयो। धर्म निरपेक्षभित्रको सानो अंशको रुपमा अर्थात संविधानको मौलिक हकमा प्रत्याभूति गरिने वैयक्तिक स्वतन्त्रता अन्तर्गतको धार्मिक स्वतन्त्रताको पूर्णत उपभोग गर्न, अनुभूति दिलाउन मुलुक धर्म निरपेक्षबाट एक इन्च पनि तलमाथि हुनु नहुने जिकिर गर्नु भयो। र, भन्नुभयो, ‘धर्म निरपेक्षबिनाको संविधान जारि भएमा एक सेकेण्ड पनि टिक्न दिनेछैनौं।’
बोन धर्मका प्रमुख छिरिङ लामाले धर्म निरपेक्ष र धार्मिक स्वतन्त्रताको तात्विक भिन्नता प्रष्टाउनु भएको थियो। भूगोलको कुनै धर्म नहुने भएकोले तथा नेपाल बहुधार्मिक देश भएकोले नेपाल धर्म निरपेक्ष नै हुनुपर्नेमा जोड दिनुभयो। यसो नभएमा बोन धर्म जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताउनु भयो।
धार्मिक सभा नाम दिइएको सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष शान्ति जिरेल र उत्पीडनविरोधी संयुक्त राष्ट्रिय मोर्चाका डा. ओम गुरुङले मन्तव्यको क्रममा हिन्दूधर्मको पक्षपोषण गर्ने व्याख्याबिना धर्म निरपेक्ष संविधानमा कायम गर्नुपर्ने अन्यथा मुलुकले गम्भीर संकट भोग्ने चेतावनी दिनुभयो।
बौद्ध धर्मका आचार्य नोर्बु शेर्पाले सञ्चालन गर्नुभएको सो धार्मिक सभामा प्रत्येक धर्मको वक्तापछि सोही धर्मसम्बद्ध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका थिए।
बिहान ११ बजे भुकुटी मण्डपबाट निस्केको र्‍याली भद्रकाली, माइतीघर, बबरमहल हुँदै नयाँ बानेश्वरमा गएर अपरान्ह १ बजे धार्मिक सभामा परिणत भएको थियो। र्‍यालीमा धर्म निरपेक्ष राज्य कायम गर, धार्मिक विभेद अन्त्य गर, एकल धर्मराज्य मान्दैनौं, धर्म निरपेक्ष बिनाको संविधान मान्दैनौं, धार्मिक सहिष्णुता कायम राखौं र सम्पूर्ण धर्मावलम्बी एक होऔं सहित ६ वटा नाराहरु लगाएका थिए।
विश्वकै इतिहासमा पहिलो पटक एउटै विषयमा यति धेरै धार्मिक संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो। धर्मनिरपेक्षा, पहिचान र अधिकार नयाँ संविधानमा सुनिश्चितताको लागि वृहत धार्मिक तथा सांस्कृतिक र्‍याली र धार्मिक सभाको आयोजना गरिएको सो कार्यक्रममा पचासौं हजार धर्मावलम्बी तथा शुभचिन्तकहरुको सहभागिता भएको थियो। धार्मिक झण्डा, पोशाक, बाजागाजाहरु र ब्यानरले सहभागीहरुको पहिचान स्वत: विविधता देखिए पनि धर्म निरपेक्षताको सवालमा एकता भएको प्रष्टै देखिन्थ्यो। हिजोको यो कार्यक्रमले उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत दिनभर जसो असर गरेको थियो।

यो र्‍याली शुरु हुँदा राप्रपा नेपालको धर्म निरपेक्षविरोधी तथा हिन्दू राज्यको माग गर्नेहरुको समूह बबरमहलमा जाँदै थियो। तर, धर्म निरपेक्षवादीहरुहरुको आधा लाखको बिशाल र्‍यालीका कारण करिब २ सयको हाराहारीमा भएको हिन्दूवादीहरुको र्‍याली त्यही नै प्रहरीको सुरक्षा घेरामा राखिएको थियो। दुबै समूहको नयाँ बानेश्वरमा कार्यक्रम गर्ने सोच भएपनि अन्तत: हिन्दूवादीहरु बिजुली बजारमा नै रोकिनु परेको थियो।

Click here for more Photos https://www.facebook.com/permalink.php?story_fbid=702535043224607&id=273631819448267