• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

नेपाल बौद्ध महासंघको तेस्रो महाधिवेशन सुसम्पन्न


काठमाण्डौं मसिंर–१५
नेपाल बौद्ध महासंघको तेस्रो महाधिवेशन श्रद्धेय श्री छुजाङ रिन्पोछे ज्यूको प्रमुख आतिथ्यमा बौद्ध गाडेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा सुसम्पन्न भएको छ । 



काठमाण्डौं मसिंर–१५
नेपाल बौद्ध महासंघको तेस्रो महाधिवेशन श्रद्धेय श्री छुजाङ रिन्पोछे ज्यूको प्रमुख आतिथ्यमा बौद्ध गाडेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा सुसम्पन्न भएको छ । 


उक्त कार्यक्रममा महासंघका कोषाध्यक्ष आचार्य नुर्बु शेर्पाबाट आर्थिक प्रतिवेदन र महासचिव आचार्य कर्मा सङबो शेर्पाबाट त्रिवर्षीय महासचिवको प्रतिवेदन प्रस्तुत गरिएको थियो । तत्पश्चात् चार हिमाली बौद्ध परम्पराका प्रतिनिधि, आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमार कुमाल, महिलाहरुको प्रतिनिधि गर्दै महासंघका सल्लाहकार ङिमी शेर्पा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पुर्ण कुमार लामा, बौद्ध दर्शन प्रर्वद्धन तथा गोन्पा विकास समितिका अध्यक्ष खेन्पो ङिमा दोर्जी आदिले आफ्नो मन्तव्य राखिएको थियो । प्रमुख अतिथिले मन्तव्य राख्ने क्रममा महासंघले विगतका दिनहरुमा बौद्ध धर्म, दर्शन, संस्कृति आदि शिक्षा क्षेत्रमा गरिएका कार्यहरुको प्रसंशा गर्नु हुंदै भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा गोन्पा शिक्षा प्रशिक्षण तालिम कार्यक्रमलाई सफल पार्नमा विषेश सहयोग गर्नु हुने शैक्षिक तालिम केन्द्र, धुलिखेलका प्रशिक्षक हरिश पन्थ र महासंघलाई भगवान् शाक्य मुनि बुद्धको प्रतिमा दान गर्नुहुने खेन्पो छोङि राङडोल दुई जनालाई प्रमुख अतिथिबाट प्रशंसापत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रमको साधारण सभाले कार्यसमितिको निर्वाचनको लागि खेन्पो ङिमा दोर्जीको संयोजकमा महासंघका सल्लाहकार विनोद लामा र ङिमा तेन्डुप शेर्पा गरी तीन सदस्सिय निर्वाचन समिति गठन गरी दोस्रो कार्यसमितिको पदाविधि समाप्त भएको घोषणा गरियो । महाधिवेशन निर्वाचन मण्डलमा आवश्यक पदका लागि दर्ता गरिएको नामहरु निर्वाचन मण्डलले सर्वजानिक गरिएको थियो र त्यसमा कसैको विरोध नरहे पछि सर्वसम्मतबाट तेस्रो कार्यकालको कार्यसमितिमा अध्यक्ष फुपु छेम्बे शेर्पा (थुप्तेन जिग्डोल), उपाध्यक्ष खेन्पो छोञी राङ्डोल, महासचिव आचार्य नुर्बु शेर्पा, सचिव लोजाङ डोल्मा, कोषाध्यक्ष कमल भन्डारी (ङावाङ छोफेल) र सदस्यहरुमा खेन्पो छोकी, खेन्पो दोजी, आचार्य ङावाङ थार्छिन, लोजाङ गेदेन, सदस्य सुरेश गुरुङ, पद्म दोनदेन गुरुङ, पेमा दोर्जी मोक्तन, मणिक दासी सिंह डंगोल गरि १३ सदस्सीयको कार्यसमिति चयन गरिएको थियो । निर्वाचित नयाँ कार्यसमितिहरु बौद्ध परम्परा अनुसार प्रमुख अतिथि श्रद्धेय श्यप्टुङ रिन्पोछे ज्यूबाट शपत ग्रहण गरिएको थियो । अन्तमा उपस्थित विभिन्न संघ संस्था, गोन्पा आदिका प्रतिनिधिहरुले नव निर्वाचित सदस्यहरुलाई खादा लगाई बधाई शुभकामना दिएको थियो ।

Click here for more photos 

https://www.facebook.com/media/set/?set=a.357151481096300.1073741857.273631819448267&type=3