• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

धर्म निरपेक्ष पक्षधरहरुको संयुक्त पत्रकार सम्मेलन सम्पन्न


काठमाण्डौं, श्रावण–२१

काठमाण्डौ, अनमनागर, तुमु बौद्ध सेवा समितिमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म भएको धर्म निरपेक्ष संरक्षण महासमितिको पत्रकार सम्मेलनले धर्म निरपेक्ष शब्द संविधानको असंसोधनिय धारामा राख्नु पर्ने माग गरेको छ । मुलुकको विद्यमान संविधानमा उल्लेख भएको धर्म निरपेक्ष शब्दावली प्रति पछिल्लो समयमा आएर हालै ल्याइएको संविधान मस्यौदा, सो मस्यौदाउपर गरिएका सुझाव संकलन र सरकार तथा मस्यौदा समितिमा रहेका उच्च ओहोदाका व्यक्तिहरूबाट विभिन्न मिति, स्थान र कार्यक्रममा व्यक्त गरिएका विवादास्पद अभिव्यक्तिहरूले धर्म निरपेक्ष शब्दावलीलाई बलजफ्ती विवादास्पद बनाइएको हो कि भन्ने पुष्टि विविध तवरले हँुदै गएको प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।



काठमाण्डौं, श्रावण–२१

काठमाण्डौ, अनमनागर, तुमु बौद्ध सेवा समितिमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म भएको धर्म निरपेक्ष संरक्षण महासमितिको पत्रकार सम्मेलनले धर्म निरपेक्ष शब्द संविधानको असंसोधनिय धारामा राख्नु पर्ने माग गरेको छ । मुलुकको विद्यमान संविधानमा उल्लेख भएको धर्म निरपेक्ष शब्दावली प्रति पछिल्लो समयमा आएर हालै ल्याइएको संविधान मस्यौदा, सो मस्यौदाउपर गरिएका सुझाव संकलन र सरकार तथा मस्यौदा समितिमा रहेका उच्च ओहोदाका व्यक्तिहरूबाट विभिन्न मिति, स्थान र कार्यक्रममा व्यक्त गरिएका विवादास्पद अभिव्यक्तिहरूले धर्म निरपेक्ष शब्दावलीलाई बलजफ्ती विवादास्पद बनाइएको हो कि भन्ने पुष्टि विविध तवरले हँुदै गएको प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।


प्रेश विज्ञप्ति
मुलुकको विद्यमान संविधानमा उल्लेख भएको धर्म निरपेक्ष शब्दावली प्रति पछिल्लो समयमा आएर हालै ल्याइएको संविधान मस्यौदा, सो मस्यौदाउपर गरिएका सुझाव संकलन र सरकार तथा मस्यौदा समितिमा रहेका उच्च ओहोदाका व्यक्तिहरूबाट विभिन्न मिति, स्थान र कार्यक्रममा व्यक्त गरिएका विवादास्पद अभिव्यक्तिहरूले धर्म निरपेक्ष शब्दावलीलाई बलजफ्ती विवादास्पद बनाइएको हो कि भन्ने पुष्टि विविध तवरले हँुदै गएको छ ।
जनआन्दोलन भाग २ पछि जनताको मागअनुसार भन्दै तत्कालीन प्रतिनिधि सभाले घोषणा गरि मुलुकको मूल कानून संविधानमा नै धर्म निरपेक्ष उल्लेख गरि संशोधित संविधानमा समेत उल्लेख गरिएको अवस्थामा यसलाई अब बन्ने संविधानमा अझ अपरिवर्तनीय शब्दावली अर्थात प्रस्तावना र असंशोधनीय धारामा राखिनु पर्नेमा यसलाई हटाउने सम्मको चलखेल गर्नु÷गराउनुले सबै धर्मको समान अस्तित्व चाहनेहरूप्रतिकोे निमित्त यो दुःखद क्षण हुन पुगेको छ । हेपाहा प्रवृत्तिको पराकाष्ठा यो भन्दा के हुन सक्छ ?
संविधान मस्यौदा आएपछि खराब नियत भएका सरकारका केही व्यक्तिहरू तथा विभिन्न अतिवादी पक्षहरूले गरिरहेका धार्मिक असहिष्णुतापूर्ण क्रियाकलापहरूले यसलाई थप संकटग्रस्त बनाउँदै लगिरहेको छ । जसले गर्दा यसको संरक्षणार्थ किरात, बौद्ध, ईश्लाम, ईशाई, शिख र बहाई धर्मावलम्बीरुको अगुवाईमा धर्म निरपेक्ष संरक्षण महासमितिको निर्माण गर्नु बाध्यता बनेको छ । गत साउन १९ गते गठन भएको महासमितिको ठहर छ कि, बहुधार्मिक देशको रुपमा परिचित हाम्रो देशलाई बचाइराख्ने हो भने धर्म निरपेक्ष शब्दावलीलाई कुनै किसिमको मुद्दा नबनाइयोस् । यसको निमित्त यसअघि गत साउन ७ गते किराँत, बौद्ध, इश्लाम, इशाई, बहाई र शिख धर्मको १२ सदस्यीय एक प्रतिनिधि मण्डलले संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई एक सुझाव पत्र पेश गरिसकेको छ । सो सुझाव पत्र राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालाई पनि भोलिपल्ट बुझाइ सकेको छ । सो सुझावलाई लागु गर्न गराउन सरकार तथा सम्बन्धित पक्षसँग पुनः अनुरोध गर्दछौं ।
तर, हाम्रो सो सुझावलाई बेवास्ता गरे, धर्म निरपेक्ष भन्ने शब्दावली संविधानमा नराख्ने प्रयत्न गरे तथा यसप्रति विविध तवरका षडयन्त्रहरू गरे,गराइए, गर्न,गराउन उक्साइए हाम्रो लागि त्यो कुनै पनि हालतमा मान्य हुनेछैन, यस्ता षडयन्त्रको प्रतिकार गर्न यो महासमिति बाध्य हुनेछ, र त्यसले उत्पन्न गर्ने कुनै पनि प्रतिकूल परिस्थितिको जिम्मेवार सरकार र उक्साउने सम्बन्धित पक्ष हुनेछ ।

धर्म निरपेक्ष संरक्षण महासमिति, काठमाण्डौ