Press Release
नेपाल बौद्ध महासंघको प्रेस बिज्ञाप्ती
मिति २०६६ साल भाद्र ६ गते शनिवारका दिन बेलुकी ८:३० बजे इमेज च्यानलबाट प्रशारण भएको "अलग धार" नामक कार्यक्रम प्रशारणको दौरानमा नेपाल चिन सम्बन्ध परिषद्का अध्यक्ष तथा नेकपा एमालेका पूर्व सांसद सुरेश कार्कीले दिनु भएको अन्तरवार्तामा काभ्रे नमो बुद्ध गुम्बाको अण्डर ग्राउन्डबाट हातहतियारहरु बरामद भएको छ भनेको र उक्त कार्यक्रम मार्फ नै पूर्व मन्त्री राधाकृष्ण मैनालीले समेत नेपालका बौद्ध गुम्बाहरुमा गैर कानूनी रुपमा चिन विरोधि गधिविधिहरु संचालन हुने गर्दछ भनि अत्यन्त भ्रामक तथा झुठ्ठो व्यहोराको प्रतिक्रिया प्रस्तुत गर्नु भएकोले उक्त अन्तरवार्ता प्रति हाम्रो यस नेपाल बौद्ध महासंघको गम्भिर ध्यानाकर्षा भएको छ । साथै उक्त अन्तरवार्ता प्रति गम्भिर आपत्ति पनि रहेको छ । हाम्रो यस महासंघमा आवद्ध नेपालका सम्पुर्ण गुम्वाहरु

विशुद्ध धार्मिक संस्था भएको कारणले गर्दा बिना कुनै आधार र प्रमाण नेपालका गुम्वाहरुमा  गैर कानूनी रुपमा छिमेकी मुलुक चिन विरोधी क्रियाकलापहरु संचालित हुन्छन् भनि पूर्व सांसद तथा पूर्व मन्त्री जस्ता व्यक्तिले अन्तरवार्ता दिने र सो अन्तरवार्तामा अलिकति पनि सत्यता छ कि छैन भन्ने समेत ख्याल नै नराखी चर्चामा आउनका लागि हाम्रो महासंघ संग आवद्ध श्री नमोबुद्ध बौद्ध धर्म ध्यान तथा शिक्षण केन्द्र, बौद्ध काठमाण्डौको शाखा कार्यालयको रुपमा काभ्रेमा रहेको नमोबुद्ध गुम्बाको भिजुवल इमेज च्यानल जस्तो जिम्मेवार संचार माध्यम बाट प्रशारण गरिदिंदा उक्त प्रशारणबाट नेपालका सम्पुर्ण बौद्ध धर्मावलम्बिहरुको मनमा ठूलो चोट पुग्न गएको छ भने, बौद्ध धर्ममाथि नै ठूलो षडयन्त्र गरी नेपालबाट पुर्ण रुपमा बौद्ध धर्म सखाप पार्ने योजना भएको हो कि भन्ने समेत यस महासंघको आशंका रहेको छ । साथै यस्तो क्रियाकलाप बाट छिमेकी मुलुक चिनले नेपालका बौद्ध गुम्बाहरुलाई हेर्ने दृष्टिकोणमा नकारात्मक प्रभाब पर्न सक्ने जसले गर्दा नेपाल र छिमेकी मुलुक चिनको संवन्ध समेत ब्रि्रन सक्ने अवस्था श्रृजना हुने र धार्मिक सदभावमा पनि आँच आउन सक्ने भएकोले हाम्रो यस महासंघ तथा सम्पुर्ण बौद्ध धर्मावलम्बिहरु अत्यन्त दुःखी तथा मर्माहित भएका छन् । साथै यस महासघं संग आवद्ध नेपालका बौद्ध गुम्बाहरु सदैव एक चिन नितिको पक्षमा रहेको व्यहोरा समेत अनुरोध गर्न चाहन्छौ । साथै यदि नेपालका कुनै पनि बौद्ध गुम्वामा त्यस्ता कुनै गैर कानूनी क्रियाकलापहरु भएको जानकारी प्राप्त भएमा यस नेपाल बौद्ध महासंघ उक्त क्रियाकलापको छानविन तथा कानून बमोजिम कारबाहीका लागि सधै नेपाल सरकारलाई सहयोग गर्न तयार भएको व्यहोरा यसै प्रेश विज्ञप्ति मार्फ स्पष्ट पार्न चाहान्छौ । बुद्ध भूमि नेपालमा विना प्रमाण आसंकाकै भरमा बौद्ध गुम्बाहरु विरुद्ध अन्तरवार्ता दिने दूबै व्यक्ति र सो कार्यक्रम प्रस्तुत गर्ने इमेज च्यानलका व्यवस्थापन पक्षले यथा शिघ्र माफी नमागे नेपाल बौद्ध महासंघ वाध्य भएर चरणवद्ध रुपमा न्यायको लागि शान्तिपुर्ण आन्दोलन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बौद्ध समुदाय र बौद्ध संस्कृति प्रति धार्मिक सद्भाव राख्ने समुदायलाई सहयोग गर्नका लागि यसै प्रेश विज्ञप्ति मार्फ आवहान गर्न चाहान्छौ । more  pic>>

नेपाल बौद्ध महासंघ,

काठमाण्ढौ

ऐक्यवद्ध संघ सस्थाहरु

१) नेपाल तामाङ्ग राष्ट्रिय महासंघ २) नेपाल शेर्पा संघ

३) नेपाल डोल्पो जनजाति विकास केन्द्र ४) मनाङ समाज सेवा समिती

५) नुबरी कल्याणकारी ल्हारगे समाज ६) चुम्बा कंल्याण समाज

७) मुस्ताङ शाक्य बौद्ध संघ ८) बौद्ध जागरण केन्द्र

९) मुस्ताङ समाज १०) नेपाल शेर्पा विद्यार्थी मञ्च

११) नमो बुद्ध बौद्ध धर्म ध्यान तथा शिक्षण केन्द्र १२) नेपाल गेलुग संघ

१३) नेपाल बौद्ध ङिङमा संघ १४) नेपाल शेर्पा महिला संघ

आसन ग्रहण कार्यक्रम

१) सभापति नुवु शेर्पा

२) प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष् तथा माननीय सभासद श्री पासाङ शेर्पा

३) अतिथी मानव अधिकार संगठनका अध्यक्ष् श्री सुदीप पाठक

४) अतिथि नेपाली कांग्रसका केन्द्रीय सदस्य मननीय जीप छिरीङ लामा

५) अतिथि गुम्बा व्यवस्था तथा विकास समितीका अध्यक्ष् खेन्पो ङिमा दोर्जे लामा

६) अतिथि नेपाल शेर्पा संघका अध्यक्ष् कृपासुर शेर्पा

७) अतिथि नेपाल तामाङ्ग राष्ट्रिय महासंघका महासचिव श्री श्याम तामाङ्ग

८) अतिथि नेपाल शेर्पा महिला संघका अध्यक्ष् श्री ङिमि शेर्पा

९) अतिथि नेपाल दोल्पो जनजाति विकास केन्द्रको अध्यक्ष्  श्री नोर्भू घले

१०) अतिथि नेपाल शेर्पा विद्यार्थी मञ्चका महासचिव किसोर शेर्पा

११) अतिथि नमो बुद्ध बौद्ध धर्म ध्यान तथा शिक्ष्ण केन्द्रको सचिव खेन्पो छ्योङ रिङडोल लामा

१२) अतिथि नुवरी कल्याणकारी ल्हारगे समाजको अध्यक्ष्  छेवङ गेल्छेन लामा

१३) अतिथि मनाङ सेवा समितिको अध्यक्ष् जिमी गुरुङ

१४) अतिथि चुम कल्याण समितिको महासचिव छिरिङ फुन्छोक

स्वागत भाषण तथा प्रेश विज्ञप्ति वाचन आचार्य कर्म स्याम्फेन लामा

वक्ताहरुः

१) ङवाङ कुङगा विष्ट-सदस्य नेपाल बौद्ध महासंघको केन्द्रीय

२) खेन्पो छोञी रङडोल-सचिव, नमो बुद्ध बौद्ध धर्म ध्यान तथा शिक्षाण केन्द्रको

२) किसोर अध्यक्ष- महासचिव, नेपाल शेर्पा  विद्यार्थी मञ्च

३) छेवङ गेल्छेन लामा-महासचिव, नुवरी कल्याणकारी ल्हारगे समाज

४) छिरिङ फुन्छोक- महासचिव, चुम कल्याण समिति

५) जिमी गुरुङ-अध्यक्ष, .मनाङ सेवा समिति

६) श्री नोर्भू घले - अध्यक्ष, दोल्पो जनजाति विकास केन्द्र

७) श्री ङिमि अध्यक्ष- अध्यक्ष, नेपाल शेर्पा  महिला संघ

८) श्री श्याम तामाङ्ग- महासचिव, नेपाल तामाङ्ग राष्ट्रिय महासंघ

९) श्री कृपासुर शेर्पा- अध्यक्ष, नेपाल शेर्पा  संघ

१०) श्री सुदीप पाठक- अध्यक्ष, मानव अधिकार संगठन

११) श्री पासाङ शेर्पा- अध्यक्ष तथा माननीय सभासद, नेपाल आदिवासी जनजाति महासंघको

१२) नोर्बु शेर्पा - सचिव, नेपाल बौद्ध महासंघबाट धन्यवाद सहित कार्यक्रम समापन
 

About US
  NBF History
  Aims and Objectives
  NBF Projects
  What we do
  NBF Founder Members
 
 
 
This web site has been visited 27003 times.
Nepal Buddhist Federation
Tinchuli-6, Kathmandu, 20402, Phone: +977-1-4474420, 016212805  Fax: +977-1-4474420
Email: info@nbf.org.np
Regd. No. 540/063