• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

२५५८ औं बुद्ध जयन्ती राष्ट्रिय समारोह समितिको समिक्ष बैंठक सम्पन्न


काठमाण्डौं, बैशाख १८
“सम्पूर्ण नेपालीको चाहना, स्थायी शान्तिको कामना” भन्ने मूल नाराका साथ शाक्यमुनि भगवान् बुद्धको जन्मभूमि नेपालमा बौद्ध सघं संस्थाहरू, आदिवासी जनजाति संगठन र बुद्ध प्रति श्रद्धा राख्नेहरूले बुद्ध जयन्तीलाई सप्ताह व्यापी कार्यक्रमका साथ सामूहिक रूपमा २५५८ आंै बुद्ध जयन्ती मनाएको थियो ।



काठमाण्डौं, बैशाख १८
“सम्पूर्ण नेपालीको चाहना, स्थायी शान्तिको कामना” भन्ने मूल नाराका साथ शाक्यमुनि भगवान् बुद्धको जन्मभूमि नेपालमा बौद्ध सघं संस्थाहरू, आदिवासी जनजाति संगठन र बुद्ध प्रति श्रद्धा राख्नेहरूले बुद्ध जयन्तीलाई सप्ताह व्यापी कार्यक्रमका साथ सामूहिक रूपमा २५५८ आंै बुद्ध जयन्ती मनाएको थियो ।

उक्त बुद्ध जयन्ती कार्यक्रमको समिक्ष बैंठक भिक्षु धर्ममूतिज्यूको सभापतित्वमा काठमाडौं मोडल हस्पिटल नजिक रहेको बुद्ध विहारमा सम्पन्न गराएको थियो । कार्यक्रममा प्रा. डा. नरेशमान वज्राचार्यज्यूबाट प्रगतिविवरण र भिक्षु थुप्तेन जिग्डोलज्यूबाट आर्थिक प्रतिवेन प्रस्तुत गर्नु भएको थियो । उहाँले आगामी वर्षदेखि बुद्ध जयन्तीकै दिन विहान आ–आफ्नै स्थान गोन्पा, विहार, बहाल, बही, चैत्य आदि पवित्र स्थानमा पाठपूजा सम्पन्न गरी साँझा सामूहिक रुपमा टँुडिखेलमा बुद्ध जयन्ती विशेष कार्यक्रमको आयोजना गर्ने बताउँनु भयो ।  साथै भिक्षु कोण्डन्यज्यूबाट समिक्ष गर्नुहुँदै ‘सुर्खेतको बुद्धमूर्तिले आज हामीहरुबीच एकता भई यस वर्षको बुद्ध जयन्तीलाई सामूहिक रुपमा मनाउँन सफल भयौं । अबका दिनहरुमा पनि सामूहिक रुपमा बुद्ध जयन्तीलाई आयोजना सकेको खण्डामा एकतालाई सुमधुर कायम राख्न सकिन्छ र देशमा शान्ति स्थापना गर्नेमा ठूलो योग्दान पुग्नेछ भन्नु भयो । कार्यक्रम उपस्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले पनि यस वर्षको सामूहिक बुद्ध जयन्ती कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिनु पर्ने सझुव दिएको थियो ।