• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

सुर्खेतको काँक्रेविहार परिसरमा बुद्ध मूर्ति राख्ने विषयमा नेपाल सरकारलाई ज्ञापन–पत्र पेश गरियो


२५५७ औं बुद्ध जयन्तीको पावन अवसरमा सुर्खेत जिल्लाका स्थानीय बौद्धमार्गीहरूले लाटीकोईली गा.वि.स. वडा नं. ८ अवस्थित काँक्रेविहारमा भगवान् बुद्धको एक थान प्रतिमा स्थापना गर्नको लागि गएको झाकी ¥यालीलाई स्थानीय प्रहरी प्रशासनले अगाडी बढन दिएन र बुद्धको मुर्तिलाई स्थापना गर्ने कामलाई रोक्नको साथै ¥यालीमा सहभागी बौद्धमार्गीहरूलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो । त्यसपछि सिर्जना भएको बिवाद हाल सम्म समाधान हुन सकेको छैन । बिवाद यथावत् रहेको ब्यहोरा सम्माननीय अध्यक्ष ज्यू समक्ष जानकारी गराउँदै सो सम्बन्धमा हामी बौद्धमार्गी, संघ संस्थाहरू, राजनीतिक दलका नेताहरू, व्यक्ति व्यत्तित्वहरू समेतले प्रशासनको सो कदम प्रति गम्भिर दुःख प्रकट गर्दै बुद्धको मुर्तिलाई सोही स्थानमा अविलम्ब स्थापना गरियोस भनी हाम्रो यो संयुक्त प्रतिनिधी मण्डल यो ज्ञापन–पत्र सहित सरकार समक्ष प्रश्तुत भएका छौं ।



२५५७ औं बुद्ध जयन्तीको पावन अवसरमा सुर्खेत जिल्लाका स्थानीय बौद्धमार्गीहरूले लाटीकोईली गा.वि.स. वडा नं. ८ अवस्थित काँक्रेविहारमा भगवान् बुद्धको एक थान प्रतिमा स्थापना गर्नको लागि गएको झाकी ¥यालीलाई स्थानीय प्रहरी प्रशासनले अगाडी बढन दिएन र बुद्धको मुर्तिलाई स्थापना गर्ने कामलाई रोक्नको साथै ¥यालीमा सहभागी बौद्धमार्गीहरूलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो । त्यसपछि सिर्जना भएको बिवाद हाल सम्म समाधान हुन सकेको छैन । बिवाद यथावत् रहेको ब्यहोरा सम्माननीय अध्यक्ष ज्यू समक्ष जानकारी गराउँदै सो सम्बन्धमा हामी बौद्धमार्गी, संघ संस्थाहरू, राजनीतिक दलका नेताहरू, व्यक्ति व्यत्तित्वहरू समेतले प्रशासनको सो कदम प्रति गम्भिर दुःख प्रकट गर्दै बुद्धको मुर्तिलाई सोही स्थानमा अविलम्ब स्थापना गरियोस भनी हाम्रो यो संयुक्त प्रतिनिधी मण्डल यो ज्ञापन–पत्र सहित सरकार समक्ष प्रश्तुत भएका छौं ।

सम्माननीय अध्यक्ष ज्यू

नेपाल सरकार, अन्तरिम चुनावी मन्त्रिपरिषद्

 

बिषय ः ज्ञापन–पत्र

२५५७ औं बुद्ध जयन्तीको पावन अवसरमा सुर्खेत जिल्लाका स्थानीय बौद्धमार्गीहरूले लाटीकोईली गा.वि.स. वडा नं. ८ अवस्थित काँक्रेविहारमा भगवान् बुद्धको एक थान प्रतिमा स्थापना गर्नको लागि गएको झाकी ¥यालीलाई स्थानीय प्रहरी प्रशासनले अगाडी बढन दिएन र बुद्धको मुर्तिलाई स्थापना गर्ने कामलाई रोक्नको साथै ¥यालीमा सहभागी बौद्धमार्गीहरूलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो । त्यसपछि सिर्जना भएको बिवाद हाल सम्म समाधान हुन सकेको छैन । बिवाद यथावत् रहेको ब्यहोरा सम्माननीय अध्यक्ष ज्यू समक्ष जानकारी गराउँदै सो सम्बन्धमा हामी बौद्धमार्गी, संघ संस्थाहरू, राजनीतिक दलका नेताहरू, व्यक्ति व्यत्तित्वहरू समेतले प्रशासनको सो कदम प्रति गम्भिर दुःख प्रकट गर्दै बुद्धको मुर्तिलाई सोही स्थानमा अविलम्ब स्थापना गरियोस भनी हाम्रो यो संयुक्त प्रतिनिधी मण्डल यो ज्ञापन–पत्र सहित सरकार समक्ष प्रश्तुत भएका छौं ।

सम्माननीय अध्यक्ष ज्यू

 

बुद्धको मुर्तिलाई उक्त स्थानमा राख्न नपाईने भनी प्रहरी प्रशासनले रोक लगाउँदै प्रहरी प्रसाशनले खोसेर लगेपछि सो मुर्ति हालसम्म पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतको परिसरमा राखेको अवस्था छ । भगवान् बुद्धको प्रतिमालाई प्रहरीको नियान्त्रणमा अपराधीलाई जस्तै गरी राख्नु, समस्त बौद्धमार्गीहरूको भावनामा चोट पुग्ने काम थियो । बुद्ध जयन्तीको झाँकी ¥याली माथि अन्धाधुन्ध प्रहरीबाट लाठी प्रहार गरी लखटने घटना निश्चित रूपमा धार्मिक सहिष्णुतालाई बिथोल्ने प्रकृतिको घटना थियो ।

 

विश्वका बौद्धमार्गीहरूले सो घटना र सरकारी रवैया प्रति दुःख प्रकट गरेको छ । सो सम्बन्धमा बिभिन्न निकायले सरकारको ध्यान आकर्षण गर्नको साथै सम्बन्धित निकायमा सरोकारवाला बौद्धमार्गीहरू पटक–पटक गई बुद्धको मुर्ति प्रतिस्थापना गर्नको लागि अनुरोध गर्ने काम गरेको थियो । सुर्खेतका स्थानीय जनताले सरकारको सो रवैयाको विरोधमा सुर्खेत बन्दको घोषणा गरेको थियो । तत् पश्चात् सरकारले एक अध्ययन कार्यदलको गठन गरी सो सम्बन्धमा एक हप्ता भित्र समस्या समाधानको लागि सुझाव प्रतिवेदन बुझाउँने निर्णय गरेको थियो ।

 

सरकारी कार्यदल गठन स्वागत् योग्य हो तर सो कार्यदल प्रति बौद्धमार्गी र आदिवासी जनजाति संघ संस्थाहरू विश्वस्त हुन भने सकेन । त्यसकारण बौद्धमार्गी र आदिवासी जनजाति संघ संस्थाहरूको संयुक्त बैठक बसी सरोकारवाला संघ संस्थाहरूको संयुक्त प्रतिनिधिको पनि अध्ययन कार्यदल गठन गरेको छ । सो कार्यदलले स्थलगत अध्ययन भ्रमण गरी जे जाति जानकारी प्राप्त भएको छ त्यसलाई प्रतिवेदनको रूपमा तयार गरी यो ज्ञापन पत्र साथमा संलग्न रखी सम्माननीय अध्यक्ष ज्यू समक्ष पेश गरेका छौं ।

 

सम्माननीय अध्यक्ष ज्यू

 

भगवान् बुद्धको सो मुर्तिलाई काँक्रेबिहारको नजिक रहेको सोही ठाउँमा स्थापना गर्नको लागि स्थानीय बौद्धमार्गीहरूले बिगत लामो समयदेखि बिधिवत् प्रक्रिया थालेको थियो । सरकारी निकायहरू, जिल्ला प्रशासन कार्यालय, पुरातत्व विभाग, जिल्ला विकास समिति, गाउँ विकास समिति, जिल्ला वन कार्यालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति लगायतका सरकारी निकायहरूबाट अनुमति र सहमतिहरू प्राप्त गरी बुद्ध जयन्तीको पावन अवसर पारेर बुद्धमुर्तिलाई स्थापना गर्न जाँदा एकाएक प्रशसनबाट भएको हस्तक्षेप पुर्वाग्रही र नियतवस देखिन्छ ।

 

संयुक्त सरोकार समितिको स्वतन्त्र अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनले पनि बुद्धको सो मुर्तिलाई यथा स्थानमा स्थापना गरेर राख्न दिँदा राष्ट्रलाई कुनै हानी नोक्सानी नहुने मात्र नभएर सुर्खेतको पर्यटन विकास, काँक्रेविहारको संरक्षण पनि हुने निश्कर्ष निकालेको छ । बुद्ध मूर्ति स्थापनाको लागि सरकारी निकायबाट अवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी सकेकोले कानुनी रूपमा पनि सो स्थानमा बुद्धको मुर्ति स्थापना गर्न सकिने देखिन्छ ।

 

काँक्रेविहार क्षेत्रको विषयमा अध्ययन र अनुसन्धानको क्रममा नेपाल सरकार संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभागवाट तयार गरी पेश गरेको सुर्खेत जिल्लास्थित काँक्रेविहारको अध्ययन प्रतिवेदन २०६६ (पृष्ठ ८ देखि १७ सम्म) अनुसार पुरातत्व विभागले तयार पारेको प्रतिवेदनको काँक्रेविहारमा रहेका महत्वपूर्ण वास्तुअंश र मूर्तिहरू भन्ने प्रस्तुत शिर्षकमा उल्लेख गरिएका एक देखि उनन्तीस वटा अति महत्वपूर्ण मूर्तिहरूमा सचित्र नं. १२, १३, १५, १६, १७, २०, २५, २६, २७, २८ मा उल्लेख भएका भगवान गौतम बुद्धको मूर्तिहरू रहेको पाइएको हुँदा उक्त तथ्य लाई विश्लेषण गर्दा उक्त स्थान प्राचीन बौद्ध विहार भएको पुष्टि हुन्छ । त्यसकारण यो क्षेत्रमा बुद्धको मुर्ति स्थापना गर्दा कुनै पनि अन्य धर्म सम्प्रदायलाई असर नपुग्ने प्रष्ट छ ।

 

स्थानीय प्रशसनले सुरुमा अनुमति दिने पछि त्यो निर्णय उल्टाई बुद्धको मुर्ति स्थापना गर्न नदिने काम गर्दा त्यो क्षेत्रमा धार्मिक सहिष्णुता बिथोलिनुका साथै त्यो घटनाबाट आम बौद्धमार्गीहरू अपहेलित भएको महसुश गर्ने भएकोले त्यस्तो हुन नदिनको लागि पनि सोही ठाउमा बुद्धको मुर्तिलाई प्रतिस्थापन गर्न दिदा उचित देखिन्छ ।

 

अतः भगवान् बुद्धको उक्त मुर्तिलाई सोही स्थानमा अविलम्ब प्रतिस्थापन गरियोस् भन्दै तपशिलका मागहरू राखि हाम्रो यो प्रतिनिधि मण्डल सम्माननीय अध्यक्ष ज्यू समक्ष बौद्धमार्गी, संघ संस्थाहरूको संयुक्त सरोकार समितिको स्वतन्त्र अध्ययन कार्यदलको स्थालगत अध्ययान गरी तयार गरिएको प्रतिवेदन समेत संलग्न राखि यो ज्ञापन–पत्र पेश गरेका छौं ।

 

मिति ः २०७०।३।८ गते

 

हाम्रो मागहरू ः

 

१. आजको मितिबाट १५ (पन्द्र) दिन भित्र काँक्रेबिहार परिसरमा राख्न खोजीएको बुद्धको सो मुर्तिलाई सोही स्थानमा नै प्रतिस्थापना गरियोस् ।

 

२. बुद्ध जयन्तीको पावन अवसरमा बौद्धमार्गीहरूको झाँकी ¥याली माथि प्रहरी प्रशासनले गरेको कुटपिट र दुव्यावहार प्रति स्थानीय प्रशासनबाट स्थानीय बौद्धमार्गीहरू समक्ष सार्वजानीक रूपमा माफी मागियोस् ।

 

३. आगामी दिनमा मुलुकको कुनै पनि भूभागमा रहेको बौद्धधर्मावलम्बीहरूको आस्थाको केन्द्र गोन्पा, विहार, चैत्य, मुर्ति आदि रहेको क्षेत्र वा स्थानहरूमा बौद्धमार्गीहरू माथि यस्ता दुव्यवहार नहुने कुराको सरकारबाट ग्यारेन्टी (सुनिश्चितता) गरियोस ।

 

हाम्रो उपरोक्त मागहरू अविलम्ब पुरा गरियोस । अन्यथा हामी सशक्त आन्दोलनमा उत्रन बाध्य हुने व्यहोरा समेत नेपाल सरकारलाई ध्यान आकर्षण गर्दछौं ।

 

सुर्खेतको काँक्रेविहार, भगवान् बुद्धको प्रतिमा र सरकारी विवाद सम्बन्धमा सरोकारवालाको स्थलगत अध्ययन प्रतिवेदन, २०७०

 

१. पृष्ठभुमी

 

बुद्ध जयन्तीको पावन अवसरमा सुर्खेत जिल्लाका स्थानीय बौद्धमार्गीहरूले लाटीकोईली गा.बि.स. वडा नं. ८ अवस्थित काँक्रेविहारमा भगवान् बुद्धको एक थान प्रतिमा स्थापन गर्नको लागि झाँकी सहितको ¥याली काँक्रेविहार तर्फ अगाडी बढेको थियो । त्यही समयमा स्थानीय प्रहरी प्रशासनले उक्त ¥याली काँक्रेविहार तर्फ अगाडी बढ्न दिएन अर्थात् सो बुद्धको प्रतिमा स्थापन गर्न नपाईने उर्दि जारी गर्दै ¥यालीलाई रोक्ने काम भयो । त्यसपछि ¥यालीमा सहभागी बौद्धमार्गीहरूसँग प्रहरी झडप समेत भयो र विवाद सिर्जना भयो ।

 

जिल्ला वन कार्यालयको अनुमति बिना बुद्धको मूर्ति राख्न नपाईने भनि प्रहरी प्रशासनले रोक लगाएपछि सो मूर्ति हालसम्म उक्त स्थानमा प्रतिस्थापित हुन सकेको छैन । मुर्तिलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको परिसरको भँुईमा लडाई राखेको अवस्थामा रहेको थियो । भगवान बुद्धको मुर्तिलाई त्यसरी प्रहरीको कठघरामा अपराधीलाई जस्तै गरी राख्नु, त्यो पनि बेवारिसे तरीकाले भुँईमा लडाएर राख्नु समस्त बौद्धमार्गीहरूको भावनामा चोट पुग्ने काम थियो । बुद्ध जयन्तीको झाँकी ¥यालीमाथि अन्धाधुन्द प्रहरीबाट लाठी प्रहार गरि लखेट्ने कामले निश्चीत रूपमा धार्मिक सहिष्णुतालाई बिथोल्ने प्रकृतिको घटना थियो ।

 

विश्वभरीका बौद्धमार्गीहरूले सो घटना र सरकारी रवैया प्रति दुःख प्रकट गरे । सो सम्बन्धमा बिभिन्न निकायले सरकारको ध्यान आकर्षण गर्ने काम गरेको थियो । नेपाल सरकारको प्रतिनिधि तथा सम्बन्धित निकायमा सरोकारवाला बौद्धमार्गीहरू पटक पटक गई बुद्धको मुर्ति प्रतिस्थापन गर्नको लागि अनुरोध गर्ने काम गरेको थियो । सुर्खेतका स्थानीय जनता सरकारको सो रवैयाको विरोधमा सुर्खेत बन्दको घोषणा गरेको थियो । तत्पश्चात् सरकारले मुख्य सचिव स्तरीय निर्णयबाट एक अध्ययन कार्यदलको गठन गरी कार्यदलले सो सम्बन्धमा अध्ययन गरि समस्या समाधानको लागि एक हप्ता भित्र सुझाव प्रतिवेदन बुझाउने निर्णय गरेको थियो ।

 

सरकारी कार्यदल गठन स्वागत् योग्य हो तर सो कार्यदल प्रति बौद्धमार्गी र आदिवासी जनजाति संघ संस्थाहरू विश्वस्त हुन भने सकेन । त्यसकारण बौद्धमार्गी र आदिवासी जनजाति संघ संस्थाहरूको संयुक्त बैठक बसी सरोकारवाला संघ संस्थाहरूको संयुक्त प्रतिनिधिको पनि अध्ययन कार्यदल गठन गरेको छ । सो कार्यदलले स्थलगत अध्ययन भ्रमण गरि जे जाति जानकारी प्राप्त भएको छ त्यसलाई अध्ययन प्रतिवेदनको रूपमा तयार पारिएको छ ।

 

२. सरोकारवाला बौद्ध धर्मावलम्बी र आदिवासी जनजाति संघ संस्थाहÊ

 

क. नेपाल बौद्ध महासंघ,

 

ख. नेपाल आदिबासी जनजाती महासंघ,

 

ग. राष्ट्रिय आदिबासी जनजाती महिला महासंघ,

 

घ. सदस्य,अखिल नेपाल भिक्षु महासंघ

 

ङ. नेपाल परम्परागत बौद्ध धर्मसंघ

 

च. धर्मोदय सभा

 

३. सरोकारवाला संस्था र ब्यक्ति ब्यक्तित्वहÊको संयुक्त बैठक

 

मिति २०७० जेठ १८ गतेको दिन बिभिन्न बौद्धमार्गी, आदिवासी जनजाति संघ संस्था र व्यक्ति व्यक्तित्वहरूको संयुक्त बैठक बसी बिवादीत बिषयमा सरोकारवाला संघ संस्थाहरूको तर्फबाट तपशिल बमोजिम व्यक्तिहरू रहेको एक स्वतन्त्र अध्ययन समिति गठन गरियो ।

श्री फुपु छेम्बे शेर्पा (थुप्तेन जिग्डोल), उपाध्यक्ष, नेपाल बौद्ध महासंघ, श्री पेम्ब भोटे, महासचिव, नेपाल आदिबासी जनजाती महासंघ, श्री ङिमी शेर्पा, अध्यक्ष, राष्ट्रिय आदिबासी जनजाती महिला महासंघ, भिक्षु पियदस्सी, सदस्य,अखिल नेपाल भिक्षु महासंघ श्री खेमराज शाक्य, सदस्य, नेपाल परम्परागत बौद्ध धर्मसंघ श्री प्रतिनिधी, धर्मोदय सभा,

४. स्वतन्त्र अध्ययन समितको बैठक

 

मिति २०७० जेठ १९ गतेको दिनको अध्ययन समितिको पहिलो बैठक बसी सम्बन्धित स्थानको स्थलगत अध्ययन गर्न मिति २०७० जेठ २० गते अध्ययन समितिको सबै सदस्यहरू सुर्खेतको काक्रे विहारमा गई स्थलगत अध्ययन गर्ने र स्थानीय जनता, प्रशसान तथा सरोकारवाला संघ संस्थाहरूको प्रतिनिधीहरूसँग भेटी बिवादको बिषयमा जानकारी लिइ सो सम्बन्धमा एक प्रतिवेदन तयार पार्ने निर्णय गरियो ।

 

५. काँक्रेबिहारको स्थलगत अध्ययन

मिति ः २०७०।२।२१ गते बिहान ९ बजे देखि ५ बजेसम्म अध्ययन समितिले देहाय बमोजिम स्थलगत अध्ययन गरियो ।

बिवादीत स्थान सुर्खेत जिल्ला लाटी कोईली गा.बि.स. वडा नं. ८ मा पर्दछ ।

 

काँक्रेविहार परिसरमा नेपाल सरकार पुरतत्व विभागले उत्खनन गरेको प्राचीन बौद्ध विहारको भग्नावशेष र ढुंगमा कँुदिएका स्पष्ट आकृतिमा देखिने बुद्ध, बोधिसत्व, धर्मपालक, बौद्ध धर्म सम्बन्धि देव देवीहरू समेतका मूर्तिहरू प्रशस्त मात्रमा रहेको पाईयो ।

 

सो क्षेत्रको अध्ययन गर्दा काँक्रेविहार क्षेत्रमा एक प्राचीन बौद्ध विहार रहेको सहजै अनुमान गर्न सकिन्छ ।

 

तथापी बुद्धको मुर्ति स्थापना गरिने स्थान पुरातत्व विभागले किटान गरि तोकिएको संरक्षित क्षेत्रको तारबार भन्दा ३५ मिटर बाहिर रहेकोछ ।

 

६. सरोकारवाला स्थानीय जनताहÊसँगको छलफल ।

 

स्थानीय श्री बौद्ध गुम्बा निर्माण तथा संरक्षण समिति सुर्खेत र स्थानिय बौद्धमार्गी समुदायहरूसँग काठमाण्डौंबाट गएका अध्ययन समिति बसी छलफल गरेर सो घटना सम्बन्धमा बृहत् जनकारी लिने काम गरिएको थियो । छलफलमा स्थनीय सरोकारवाला बौद्धमार्गीहरूले सो सम्बन्धमा देहायका दावा गरेकाछन् ।

 

नेपाल सरकारको सम्बन्धित सबै निकायहरूबाट सम्पूर्ण नियम प्रक्रिया पूरा गरी लिखित अनुमतिहरू समेत प्राप्त गरि उक्त क्षेत्रमा बुद्धको मुर्ति स्थापित गरिएको हो । (अनुसूची खण्डमा अनुमति प्रत्रको प्रतिछाँया संलग्नछ ।)

 

उक्त क्षेत्रमा बुद्धको मुर्ति स्थापना गर्नको लागि जिल्लाका सम्पूर्ण राजनीतिक दलहरूको सर्वदलीय सहयोग, समर्थन प्राप्त गरिएको थियो ।

 

सरकारी निकायबाट प्राप्त अनुमति, सर्वदलीय सहमतिबाट बुद्धको मूर्ति सो स्थानमा स्थापना गरिएकोमा पूर्वाग्रही ढंगले सबै प्रक्रियालाई उल्टाएर बिभिन्न बाहानाबाजी गरि मूर्ति स्थापना गर्न नदिएकोले सरकारको सो कदम बुद्ध धर्म प्रतिको पूर्वाग्रह हो भन्ने ठहर स्थानीय बासीको रहेको छ । ड्ड सरकारको यो कदमले बौद्धमार्गीहरूको भावनामा ठेश पुराएको र उनीहरूलाई अन्दोलित तुल्याएको कारण उनीहरू पनि सो मूर्ति पूर्व सहमति अनुसार तोकिएकै स्थानमा राख्न पाउनु पर्ने जिकिर गरेका छन ।

 

काँक्रेविहारमा रहेको सम्पूर्ण पुरातात्विक भग्नावशेषहरू बौद्धमार्गीको आस्थासँग सम्बन्धित रहेकोले पनि सो क्षेत्रमा बुद्धको मूर्ति स्थापना गर्न पाउनु पर्ने जिकिर ।

 

बुद्धको मूर्ति स्थापना गरिने स्थान पुरातत्व विभागले घेरा हालेको क्षेत्र भन्दा बाहिर रहेको हुनाले पुरातात्वीक वस्तुलाई पनि कुनै असर नपुग्ने ।

 

सरकार पक्षबाट धार्मिक विभेद गरेको, धार्मिक सहिष्णुता सरकार स्वयंले बिथोलेको, सुर्खेतका बौद्धमार्गीहरू प्रति पूर्वाग्रही व्यवहार गरेको, स्थानीय प्र्रशासनले पक्षपातिपूर्ण व्यबहार गरेको, शान्तिपुर्ण धार्मिक झाँकी ¥यालीमाथि लाठी चार्ज गरि बर्बरतापूर्ण धार्मिक दमन गरेको भन्ने स्थानीय जनताको जिकिर रहेको छ ।

 

७. स्थानीय आदिवासी जनजाति संघ संस्थाहÊसंगको छलफल

स्थानीय स्तरका सरोकारवाला जातीय संघ संस्थाका नेता प्रतिनिधिहरूसँग भेटी छलफल गर्दा देहाय बमोजिमको राय प्रस्तुत भएको छ ।

 

बुद्धमूर्तिलाई यथा स्थानमा प्रतिस्थापना गर्दा राष्ट्रहित बाहेक कुनै हानि, नोक्सान नहुने र कुनै पनि धार्मिक सहिष्णुता नविथोल्ने कुराहरू राखेको थियो ।

ड्ड बुद्धमूर्ति स्थापना गर्न खोज्दा गैरबौद्धहरूको केही व्यक्तिहरूबाट राखिएको विमति तर्क संगत नरहेको केवल नियतबस बाहेक अन्य कुनै कारण नरहेको कुरा व्यक्त गर्दै सम्पूर्ण आदिबासी जनजाति संस्थाको नेताहरूबाट पनि बुद्धमूर्ति प्रतिस्थापना समितिको अड्नलाई एक्याबद्धत जानएको थियो ।

 

पूर्व सहमति भई सकेको, सरकारको सबै निकायबाट अनुमति समेत प्रदान गरि सकेको अवस्थामा ति सबै सहमतिलाई उल्टाएर बुद्धको मुर्तिलाई सो ठाउँमा राख्न नदिने निर्णय लागु भएको खण्डमा सो क्षेत्रमा धार्मिक सहिष्णुता बिथोलिने भएकोले बुद्धको मुर्तिलाई त्यही ठाउँमा राख्न दिनु पर्दछ भन्ने कुरामा अडान सबै नेताहरूबाट राखिएको छ ।

 

यदि सरकारको यो कदम जवरजस्ती गरि लागु गरेर बुद्धको मूर्तिलाई सोही स्थानमा राख्न नदिएको खण्डमा सुर्खेत बन्द सहितको स्थानीय जनताको आन्दोलनलाई निरन्तरता दिई सबै संघ संस्थाहरू समेत आन्दोलनमा उत्रने चेतावनी समेत दिनु भएको थियो ।

 

आदिवासी जनजाति समुदायमाथि सरकारको हेपाह प्रवृतिको कारण यो अवस्था प्रकट भएको हो । बौद्धमार्गी र आदिवासी जनजातिमाथिको अपमान, दमन र बिभेदको पराकाष्ट र धर्म निरापेक्ष राज्यको बरखिलाफ भएको उहाँहरूको दावी रहेको छ ।

 

८. स्थानीय प्रशासनसँगको छलफल

 

समितिले २०७०।२।२१ गते दिउँसो ३ः३० बजे प्रमुख जिल्ला अधिकारी श्री पुरुषोत्तम कुँवरसंँग जिल्ला प्रशासनको कार्यालयमा भेट गरि घटनाको सम्बन्धमा छलफल गरेको थियो ।

 

जिल्ला प्रशासन कार्यालयका प्रमुख श्री पुरुषोतम कुवाँरसँग काँक्रेविहार परिसरमा २५५७ औं बुद्ध जयन्तीको सु–अवसरमा बौद्धमार्गीहरूबाट नेपाल सरकारको सबै नियम प्रक्रिया पूरा गरी सबै राजनीतिक दलहरूको पूर्ण सहयोग र समर्थन समेत रहेको सर्व सम्मतिले परित गरी बुद्धमुर्ति प्रतिस्थापना गर्ने क्रममा जि.प्र.का. बाट भएको हस्तक्षेपको विषयमा बिस्तृत जनकारी लिन खोज्दा प्रमुख जिल्ला अधिकारीले समय अभावको कारण देखाउदै जिल्ला प्रमुख जस्ता जिम्मेवारी बोकेको व्यक्तिले उक्त संवेदनशील घटनाबाट आफु पन्छिना खोजिएको देखियो ।

 

हामी (संयुक्त सरोकार समिति) कार्यालयमा पुगेर छलफलको लागि समय माग गरिएको हाम्रो अनुरोधलाई बेवास्त गर्दै हामीलाई समेत अवहेलित व्यबहार गर्दै प्रमुख जिल्ला अधिकारी बाहिर निस्कनु भयो । हाम्रो पटक पटकको अनुरोधमा मात्र पुनः कार्यालय आउनु भयो । उहाँ आउनु भए पश्चात् हामीले राष्ट्र विभूति बुद्धमूर्ति प्रशासनले हस्तक्षेप गरी नियन्त्रणमा राखेको बुद्धमूर्तिको अवस्था बारे जानकारी लिंदा उहाँले गैर जिम्मेवारी पूर्ण ढंगले अनविज्ञता प्रकट गरेको थियो ।

 

प्रहरी प्रशासन र स्थानीय जनता बीच भएको झडपसम्मको घटनालाई अनविज्ञता प्रकट गर्नु प्रमुख जिल्ला अधिकारीको यो घटना प्रतिको पूर्वाग्रह हो भन्ने स्पष्ट देखिन्थ्यो ।

 

हामीे (संयुक्त सरोकार समिति) ले बिद्युतिय संचार माध्यमबाट संकलन गरिएको अत्यन्त अवहेलित एवं अव्यवास्थित तरिकाले राखिएको बुद्धमूर्तिको तस्विर सप्रमाण देखाई प्रमुख जिल्ला अधिकारीलाई जानकारी गरेका थियौ । र सो बूद्धमूतिलाई भुईमा लडाएर राखेको ठाउँबाट यथा स्थानमा सम्मानीत ढंगले उठाएर राख्ने ब्यवस्था मिलाउनुस भनेर हामीले अनुरोध गर्दा बल्ल बल्ल प्रहरीसँग सम्पर्क गरेर सो को ब्यवस्था गर्ने काम गरेको थियो ।

 

९. जि.प्र.का.मा लडाएर राखेको बुद्धको मूर्तिलाई उठाएर अस्थायी रुपमा राखियो ।

 

जिल्ला प्रशासन कार्यालयका प्रमुखसँग रखिएको अनुरोध बमोजिम जिल्ला प्रहरी कार्यालयमा संयुक्त सरोकार समितिको ६ सदस्ययी टोली गई त्यहाँ अपमानित तरिकाले सेप्mटी टेंकीको छेऊमा लडाई रखिएको बुद्धमूर्तिलाई संयुक्त सरोकार समितिको रोहवरमा जि.प्र.का, सुर्खेतको परिसर भित्र रहको भगवती मन्दिरको पूर्व तर्फ रहेको काइयोको रूखमुनि अस्थाई व्यवस्थाको रूपमा ससम्मान पूर्वक पूजाआज गरी व्यवस्थाथित रूपमा रखियो ।

 

१०. पत्रकार सम्मेलन

 

मिति २०७० जेष्ठ २२ गते विहान पत्रकार सम्मेलन गरी धार्मिक सहष्णिुतालाई कायम राख्नको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउनुका साथै पत्रकारलाई पनि तटस्थ रही सत्यतथ्य कुरा जनता माझ सम्प्रेषण गर्न अपिल गरियो । साथै यो संयुक्त सरोकार समितिले आप्mनो छुट्टै प्रतिवेदन तयार गरी सत्य तथ्य कुरा आम जनसमुदाय माझ ल्याई सो प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्ने जानकारी पत्रकार सम्मेलनमा गरियो ।

 

११. निष्कर्ष

 

क. सुर्खेत काँक्रेविहारको स्थलगत निरिक्षणको क्रममा काँक्रेविहारको पुरातात्विक भग्नावशेषहरूमा कुँदिएका र्र्मूिर्तहरू बुद्धका मूर्ति रहेको तथ्य, स्थानीय सरोकारवाला, विभिन्न संघ संस्था, बुद्धिजिविबाट प्राप्त राय सुझावसमेतलाई ध्यानमा राख्दा सो बुद्धको मूर्तिलाई स्थापना गर्न उचित देखिन्छ ।

 

ख. काँक्रेविहार क्षेत्रमा बुद्धको मूर्ति स्थापना गर्नको लागि सरकारी निकायबाट आवस्यक सम्पूर्ण अनुमति प्राप्त गरि सकेकोले कानुनी रूपमा पनि सो स्थानमा बुद्धको मूर्ति स्थापना गर्न सकिने देखिन्छ ।

 

ग. यसै विषयमा अध्ययन र अनुसन्धानको क्रममा नेपाल सरकार संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभागवाट तयार गरी पेश गरेको सुर्खेत जिल्लास्थित काँक्रेविहारको अध्ययन प्रतिवेदन २०६६ (पृष्ठ ८ देखि १७ सम्म) का अनुसार पुरातत्व विभागले तयार पारेको प्रतिवेदनको “काँक्रेविहारमा रहेका महत्वपूर्ण वास्तुअंश र मूर्तिहरू” भन्ने प्रस्तुत शिर्षकमा उल्लेख गरिएका एकदेखि उनन्तीस वटा अति महत्वपूर्ण मूर्तिहरूमा सचित्र नं. १२, १३, १५, १६, १७, २०, २५, २६, २७, २८ मा उल्लेख भएका भगवान गौतम बुद्धको मूर्तिहरू रहेको पाइएको हुँदा उक्त तथ्यलाई विश्लेषण गर्दा उक्त स्थान प्राचीन बौद्ध विहार भएको पुष्टि हुन्छ । त्यसकारण यो क्षेत्रमा बुद्धको मुर्ति स्थापना गर्दा कुनै पनि अन्य धर्म सम्प्रदायलाई असर नपुग्ने प्रष्ट छ ।

 

घ. हालसम्म प्रकाशित पुस्तकहरू र काँक्रेविहार नामाकरण स्वयंवाट “विहार” शब्द भन्नाले नेपाली शव्दकोषको परिभाषा अनुसार बौद्ध भिक्षुहरू बस्ने ठाउँलाई जनाउँने भएकोले प्राप्त सवै राय सुझाव तथ्यहरूलाई मध्यनजर गर्दा काँक्रेविहार बौद्ध धर्म र बौद्धमार्गीहरूको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भावानात्मक सम्वन्ध रहेको देखिएको हुँदा सो स्थानमा बुद्धमूर्ति स्थापना गर्दा राष्ट्रिय संरक्षण वन क्षेत्रमा कुनै पनि असर नपर्ने देखिन्छ ।

 

ङ. स्थानीय प्रशासनले शुरुमा अनुमति दिने पछि त्यो निर्णय उल्टाई बुद्धको मुर्ति स्थापना गर्न नदिने काम गर्दा त्यो क्षेत्रमा धार्मिक सहिष्णुता बिथोलिनुका साथै त्यो घटनाबाट आम बौद्धमार्गी, आदिबासी जनाजाती र शान्ति प्रेमीहरू अपहेलित भएको महसुश गर्ने भएकोले त्यस्तो हुन नदिनको लागि पनि सोही ठाउँमा बुद्धको मूर्तिलाई प्रतिस्थापन गर्न दिंदा उचित देखिन्छ ।

 

च. आज विश्व जगतमा नै नेपाल बुद्धको पवित्र जन्मभूमि भनी प्रसिद्ध रहेको अवस्थामा सोही देशमा बुद्धमूर्ति स्थापना गर्न दिएन भन्ने अप्रिय समाचारले राष्ट्रको छबिनै धुमिल हुने देखिन्छ, साथै समय समयमा बुद्ध जन्म स्थल सम्बन्धी पनि विवाद भैरहन्दा उक्त स्थानमा बुद्धको मूर्ति स्थापना गर्नाले नेपालको राष्ट्रि«य छवि अन्तराष्ट्रिय स्तरमा समेत उच्च हुनको साथै यसबाट सुर्खेतको पर्यटन प्रवद्र्धन, काँक्रेविहारको पुरातत्विक क्षेत्रको संरक्षण, बौद्ध धर्मालम्बीहरूको आस्थाको कदर भई धार्मिक सहिष्णुतालाई कायम राख्न समेत मद्धत पुग्ने भएकोले सोही स्थानमा बुद्धको मूर्तिलाई प्रतिस्थापना गर्न आवश्यक भएको निश्कर्ष सहित यो संयुक्त सरोकार समितिले यो प्रतिवेदन मार्फत सम्बन्धित सरकारी निकाय सबैलाई हार्दिक आह्वान गर्दछ ।