• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

महासंघको नवौं वार्षिक साधारण सभा सम्पन्न


काठमाण्डौ, असोज, ९

नेपाल बौद्ध महासंघको नवौं वार्षिक साधारण सभा बौद्ध गार्डेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा परम श्रद्धेय छ्योग्लिङ रिन्पोछेज्यूको प्रमुख अतिथ्य तथा नेपाल बौद्ध महासंघका अध्यक्ष श्री फुपु छेम्बे शेर्पा (भिक्षु थुप्तेन जिग्डोल शेर्पा) ज्यूको अध्यक्षतामा सुसम्पन्न भएको थियो ।



काठमाण्डौ, असोज, ९

नेपाल बौद्ध महासंघको नवौं वार्षिक साधारण सभा बौद्ध गार्डेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा परम श्रद्धेय छ्योग्लिङ रिन्पोछेज्यूको प्रमुख अतिथ्य तथा नेपाल बौद्ध महासंघका अध्यक्ष श्री फुपु छेम्बे शेर्पा (भिक्षु थुप्तेन जिग्डोल शेर्पा) ज्यूको अध्यक्षतामा सुसम्पन्न भएको थियो ।


कार्यक्रममा महासंघका सचिव लोब्साङ डोल्माबाट प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुलाई स्वागत् मन्तव्य महासचिव आचार्य नुर्बु शेर्पाबाट आर्थिक वर्ष २०७१–०७२ मा नेपाल बौद्ध महासंघले गरिएको शैक्षिक, सामाजिक, धार्मिक र परोपकारी कार्यहरूको प्रगति विवरण तथा आर्थिक वर्ष २०७१–०७२ को आय–व्ययलाई कोषाध्यक्ष कमल भण्डारी (ङावाङ छोफेल) बाट प्रस्तुत गरिएको थियो ।


कार्यक्रममा उपस्थित नेपाल बौद्ध महासंघका सल्लाहकार विनोद लामा, टासी नाम्गेल, तथा चारै परम्पराका अध्यक्ष एवं प्रतिनिधिहरूबाट पनि आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । मन्तव्यको क्रममा सबैले बौद्ध शिक्षालाई गाउँ–ठाउँसम्म पु¥याउनु पर्नेमा जोडदिनु भयो । प्रमुख अतिथि रिन्पोछेज्यूबाट नेपाल बौद्ध महासंघ र गोन्पाहरुले गत बैशाख १२, १३ र २९ गतेको महाभूकम्पबाट पडितहरुलाई राहत वितरण गर्नुभएकोमा खुशी व्यक्त गर्नु हुँदै यस प्रकारको परोपकार कार्यलाई निरन्तरता दिनु पर्ने विचार राख्नु भएको थियो । कार्यक्रमको अन्तमा महासंघका अध्यक्षज्यूबाट आफ्नो मन्तव्यको साथै उपस्थित पदाधिकारी सल्लाहकार, साधारण सदस्य विभिन्न गोन्पा तथा संस्थाका प्रतिनिधिहरुलाई कार्यक्रम सफल बनाएकोमा धन्यवाद व्यक्त गरी साधारण सभाको कार्यक्रमलाई विसर्जन गरिएको थियो ।

Click here for more photos https://www.facebook.com/permalink.php?story_fbid=711476175663827&id=273631819448267