• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

बौद्धमार्गीहरुद्वारा सिंहदरवार ठप्प, वार्ता निष्कर्षविहीन


काठमाण्डौं, श्रावण-१५

सुर्खेत काँक्रेविहार परिसरमा बुद्धमूर्ति प्रतिस्थापना गर्न नदिएको विषयमा बौद्धमार्गी र आदिबासी जनजातिहरुले सिंहदरवार घेराउ गरेका छन् । चरणबद्ध रुपमा शान्ति प्रद्धर्शनमा उत्रिएका बौद्धमार्गीहरुले आज भद्रकाली, माइतीघर मण्डला, पुतलीसडक र हनुमानथान आदि स्थानहरुबाट सिंहदरवार घेराउ गरिएकोले त्यस स्थानमा विहान ८ बजेदेखि ११ बजेसम्म सवारी आवागमन ठप्प भएको थियो ।



काठमाण्डौं, श्रावण-१५

सुर्खेत काँक्रेविहार परिसरमा बुद्धमूर्ति प्रतिस्थापना गर्न नदिएको विषयमा बौद्धमार्गी र आदिबासी जनजातिहरुले सिंहदरवार घेराउ गरेका छन् । चरणबद्ध रुपमा शान्ति प्रद्धर्शनमा उत्रिएका बौद्धमार्गीहरुले आज भद्रकाली, माइतीघर मण्डला, पुतलीसडक र हनुमानथान आदि स्थानहरुबाट सिंहदरवार घेराउ गरिएकोले त्यस स्थानमा विहान ८ बजेदेखि ११ बजेसम्म सवारी आवागमन ठप्प भएको थियो ।


        बौद्धमार्गीहरुले मंगलबार तीन घन्टा सिंहदरवार घेराउ गरेपछि सरकारले दिउँसो १२ बजे वार्तामा बोलाएको थियो । तर पनि सरकार र सुर्खेत बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समितिबीच भएको वार्ता निष्कर्ष विहिन टुंगिएको छ । सरोकार समितिको पक्षबाट घटनाको जनकारी गराउँदै तत्काल पूर्व सहमति अनुसार बुद्धमूर्तिलाई काँक्रेविहार परिसरमा प्रतिस्थापना गर्नु पाउनुपर्ने माग राखिए पछि सरकार पक्षबाट क्षेत्रिय प्रशासकको संयोजककत्वमा एक टोली गठन गरी एक महिना भित्र स्थानिय स्तरबाट समस्यको समाधान गर्ने शर्त राखिएको थियो । सरोकार समितिले यस विषयमा पहिले नै मुख्य सचिवको निर्देशनमा क्षेत्रिय सह–प्रशासकको संयोजककत्वमा ६ सदस्य टोली गठन गरी सुर्खेत काँक्रेविहार परिसरमा गई प्रतिवेदन तयार गरेर मुख्य सचिवलाई नै बुझाए पनि यसको कुनै सुनवाई नभएकोले फेरी क्षेत्रिय प्रशासकको संयोजककत्वमा टोली गठन गर्नुपर्ने कुनै औचित्य नभएको धारणा राखेपछि सरकार पक्षबाट अध्ययन अनुसन्धान गर्नको लागि थप समय माग गरेको हुंदा २० गते आइतबार पुनः वार्ता बस्ने भएपछि आजको वार्ता विनानिष्कर्ष टुंगिएको हो ।

        वार्तामा सरकार पक्षबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव, गृहसचिव, पुरातत्व विभागका महानिर्देशक, वन विभागका महानिर्देशकको उपस्थिति थियो भने संयुक्त सरोकार समितिका तर्फबाट नेपाल बौद्ध महासंघका उपाध्यक्ष तथा संयुक्त सरोकार समितिका संयोजक फुबु छेम्बे शेर्पा, नेपाल आदिवासी जनजाती महासंघ अध्यक्ष नगेन्द्र कुमार कुमाल तथा महासचिव पेम्बा भोटे, राष्ट्यि आदिवासी जनजाती महिला महासंघका अध्यक्ष शान्ति जिरेल तथा उपाध्यक्ष, नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष डा. नरेशमान वज्रचार्य तथा सदस्य खेमराज शाक्य, अखिल नेपाल भिक्षु महासंघका भिक्षु धर्ममूर्ति, धर्मोदय सभाका महासचिव रत्नमान शाक्य, नेपाल बौद्ध महासंघका कोषाध्यक्ष आचार्य नुर्बु शेर्पा, शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, तमु युला छोस् धी राष्ट्रिय गुरुङ परिषद्का अध्यक्ष रेशम गुरुङ आदिको उपस्थिति रहेको थियो ।

click here for more photos https://www.facebook.com/media/set/?set=a.299662143511901.1073741837.273631819448267&type=1