• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

बुद्ध जयन्तीको पावन अवसरमा हजारौं धर्म गुरुहरुबाट सामूहिक पाठपूजा


लुम्बिनी, जेष्ठ,

नेपाल सरकारबाट यस वर्षको २५६० औं बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय बुद्ध जयन्तीको रुपमा मनाएको थियो । सोहि पावन अवसरमा शक्यमुनि बुद्धको जन्म स्थल लुम्बिनी मायादेवी मन्दिर नजिकै रहेको पिपलको रुख मुनि हजारौ बौद्ध धर्म गुरुहरुबाट सामूहिक रुपमा पूजा सम्पन्न गरिएको थियो । बिहान ७ देखि ९ बजेसम्म भएको पाठपूजा कार्यमा संस्कृति तथा पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलज्यूको पनि उपस्थिति रहेको थियो ।



लुम्बिनी, जेष्ठ,

नेपाल सरकारबाट यस वर्षको २५६० औं बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय बुद्ध जयन्तीको रुपमा मनाएको थियो । सोहि पावन अवसरमा शक्यमुनि बुद्धको जन्म स्थल लुम्बिनी मायादेवी मन्दिर नजिकै रहेको पिपलको रुख मुनि हजारौ बौद्ध धर्म गुरुहरुबाट सामूहिक रुपमा पूजा सम्पन्न गरिएको थियो । बिहान ७ देखि ९ बजेसम्म भएको पाठपूजा कार्यमा संस्कृति तथा पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलज्यूको पनि उपस्थिति रहेको थियो ।

विहान पूजा समापान पश्चात् दिऊँसोआयोजित बुद्ध जयन्ती समारोहको उदघाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी, देवदह, कपिलबस्तु र नवलपरासी जिल्लामा रहेका बुद्धसँग सम्बन्धित अन्य स्थलहरुको संरक्षण र सम्बद्र्धन गरि अन्तर्राष्ट्रिय पर्यटकिय स्थलको रुपमा विकास गर्नेतर्फ सवैको ध्यान जान जरुरी भएको बताइन् ।

उनले छिटो लुम्बिनी गुरु योजना सम्पन्न गरि लुम्बिनीलाई नयाँ ढंगबाट अगाडि बढाउन सरकार समक्ष आग्रह गरिन् 

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले लुम्बिनीलाई बौद्ध दर्शनको मुहान मुहानको रुपमा पारित गर्नु अति महत्वपुर्ण भएको बताए । ओलीले लुम्बिनीलाई विश्वका शान्तिप्रेमी जनताको पवित्र तिर्थस्थलको रुपमा विकास गर्न सरकारले चाहेको बताए ।

लुम्बिनीमा करिव ५ हजार अँट्ने क्षमताको सभाहल सकेसम्म एक वर्षमा निर्माण सम्पन्न गर्ने गरि बनाउने र यदि कुनै कारण एक बर्षमा सम्पन्न गर्न नसकेमा सक्दो चाँडो सम्पन्न गरिने घोषणा ओलीले गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी युद्धबाट शान्तिमा प्रवेश गरेपछि पहिलो कार्यक्रम लुम्बिनीमा गरेको स्मरण गर्दै आफ्ना लागि बुद्धको शान्तिको सन्देश र सम्राट अशोकले पछ्याएको मार्ग प्रेरणाको श्रोत भएको बताउनु भयो ।  

कांग्रेस सभापति शेरबहादुर देउवाले लुम्बिनी र अन्य बौद्ध स्थलको संरक्षण र सम्बर्द्धन गर्न जरुरी भएको र बुद्ध जयन्तीका दिन र बुद्धको शिक्षाबाट सवै राजनीतिक दलले प्रजातान्तिक मुल्य र मान्यताकासाथ अद्धि बढ्नु पर्ने बताए ।

बुद्धिष्ट एशोसियन चाइनाका उपाध्यक्ष यिन सुनले लुम्बिनीलाई धर्म संस्कृतिको सहरको रुपमा देख्न चाहेको बताए ।

बुद्ध जयन्तीको सफलताको कामना गर्दै संयुक्त राष्ट्र संघका महासचिव वान की मुन, अमेरिकाका राष्ट्रपति बाराक ओवामा, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, बेलायतका प्रधानमन्त्री लगायतकाले पठाएको सन्देश पढेर सुनाईएको थियो ।

बुद्धलाई बिश्व शान्ति फैलाउने मुख्य प्रबर्तकको रुपमा प्रबर्द्धन गराउने, सम्पुर्ण मानव जातिमा बुद्ध दर्शनको शिक्षा फैलाउने, बुद्ध जन्मस्थल लुम्बिनीको प्रबद्र्धन गर्न र बुद्धको जीवनी र सिद्धान्तलाई सम्बन्धित मुलुकले पाठ्यक्रममा समावेश गरेर प्रबर्द्धनात्मक कार्यकालागि सवै राष्ट्रलाई अनुरोध गर्ने, धार्मिक सहिष्णुता, द्वन्द्व व्यवस्थापनका लागि लुम्बिनीलाई केन्द्रको रुपमा विकास गर्ने  दश बुँदे घोषणापत्रमा समावेश छ ।

Click here for more photos : https://www.facebook.com/permalink.php?story_fbid=824187894392654&id=273631819448267