• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

प्रेस विज्ञाप्ति


“सम्पूर्ण नेपालीको चाहना, स्थायी शान्तिको कामना” भन्ने मूल नाराका साथ शाक्यमुनि भगवान् बुद्धको जन्मभूमि नेपालमा बौद्ध सघं संस्थाहरू, आदिवासी जनजाति संगठन र बुद्ध प्रति श्रद्धा राख्नेहरूले यस वर्षदेखि सामूहिक रूपमा २५५८ आंै बुद्ध जयन्ती सप्ताह व्यापी रूपमा आयोजना गर्न लागेको समाचार यसै प्रेस विज्ञाप्ति मार्फत सम्प्रेशन गर्न पाउँदा हामीलाई गौरवको अनुभूति भैरहेको छ ।


“सम्पूर्ण नेपालीको चाहना, स्थायी शान्तिको कामना” भन्ने मूल नाराका साथ शाक्यमुनि भगवान् बुद्धको जन्मभूमि नेपालमा बौद्ध सघं संस्थाहरू, आदिवासी जनजाति संगठन र बुद्ध प्रति श्रद्धा राख्नेहरूले यस वर्षदेखि सामूहिक रूपमा २५५८ आंै बुद्ध जयन्ती सप्ताह व्यापी रूपमा आयोजना गर्न लागेको समाचार यसै प्रेस विज्ञाप्ति मार्फत सम्प्रेशन गर्न पाउँदा हामीलाई गौरवको अनुभूति भैरहेको छ ।

संयुक्त राष्ट्र संघले पनि बुद्ध जयन्तीलाई महत्व दिएर विदाको व्यवस्था मिलाएको सर्वविदितै छ । अन्र्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउँने राष्ट्रिय विभूति भगवान् शाक्यमुनि बुद्धको जन्म जयन्ती बौद्धमार्गीहरूले आ—आफ्नै गोन्पा, विहारहरू तथा सामाजिक, धार्मिक संघ संस्थाहरूले आयोजना गरेका कार्यक्रमहरू बाहेक नेपाल सरकारले राष्ट्रिय कार्यक्रमको रूपमा नमानाउँनु सबै नेपालीको लागि दुःखको विषय हो । ढिलै भएपनि नेपालका सामाजिक बौद्ध सघं संस्था, आदिवासी जनजाति संगठन र बुद्ध प्रति श्रद्धा राख्नेहरूको संयुक्त प्रयासमा सम्माननीय प्रधानमन्त्री सुशील कोईरालाज्यूको प्रमुख आथित्यमा राष्ट्रिय स्तरको बुद्ध जयन्ती मनाउँने जमर्काे गरेका छौं ।
आज विश्वमा सबैले शान्तिको चाहना गरी रहेको अवस्थामा भगवान् बुद्धले जगत् हितको लागि दिनु भएको शान्ति र अहिंसाको उपदेशहरूको महत्व बढदै गएको छ । आजको यो तनावपूर्ण युगमा भगवान बुद्ध र विश्व शान्ति पर्यायावाची बनेको छ । शान्तिको चाहना राख्ने प्रत्येक मानवले बुद्धको उपदेशलाई स्मरण गरेका हुन्छन् । बुद्ध कुनै जाति, समूह, वर्ग, लिङ्ग विशेषको पेवा होइन । जसरी चन्द्रमाले सबैलाई शितलता प्रदान गर्छ, पानीले सबैको प्यास बुझाउछ त्यसरी नै महाकरुणा रूपी बुद्धको कृपा सबै प्राणी प्रति भेदभाव रहित रूपमा प्राप्त भइरहेका हुन्छन् । बुद्धले महिलालाई पनि पुरुष सरह बुद्ध धर्ममा स्थान प्रदान गर्नु, ब्राह्मण जन्मले हैन कर्मले हुन्छ भनि निर्भीकता पूर्वक उद्घोष गर्नु तत्कालिन जातीय व्यवस्थामा शूद्रलाई अछुत भनि घरमा प्रवेश नदिनेलाई बौद्ध सघंमा प्रवेश दिनु, अंगुलिमाला जस्ता कुमार्गमा हिड्नेलाई सही मार्गमा लगाउनु आदि धेरै लोक कल्याणकारी कार्यहरू गर्नु भएका छन् । आजको २१ औं शताब्दीमा पनि मानव समाजमा जातीय, वर्गीय लैङ्गिक, क्षेत्रीय, असमान्ता कै कारण विश्वमा एक अर्का बीच द्वन्द भैरहेको अवस्था छ । सबै प्रकारका द्वन्दको अन्त्यको लागि सह–अस्तित्वको विकास र विश्व वन्धुत्वको सम्बन्ध स्थापित गर्न बुद्धको शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विषयमा कुनै शंकै छैन । (हिंसा नगर्नु, चोरी नगर्नु, झूठो नबोल्नु, व्यभिचार नगर्नु, नशालु पदार्थको सेवन नगर्नु) भनि प्रदान गर्नु भएको पञ्चशीलको उपदेशलाई पालना गर्नु, समाधिको अभ्यास गर्नु, प्रज्ञाको विकास गर्नु जस्ता उपदेशको साथै मैत्री, करुणा, मुदिता र उपेक्षको दैनिक जीवनमा लागु गर्न सके सम्पूर्ण प्राणीको हित भएर जानेछ ।
आगामि दिनमा सरकारले सम्बन्धित सरोकार पक्षसँग सहकार्य गरी बुद्ध जयन्तीलाई व्यवस्थित रूपले राष्ट्रिय पर्वको रूपमा बुद्ध जयन्ती आयोजना गर्नाले नेपाली जनता बीचको एकता र अन्र्तराष्ट्रिय स्तरमा नेपालको सुमधुर सम्बन्धमा पनि विकास भएर जाने छ । शाक्यमुनि बुद्ध अहिंसाको प्रतीक, राष्ट्रिय विभूति भएकोले उहाँको दर्शन, चिन्तन र जीवनीको विषयमा सबै नेपालीले अध्ययन गर्ने अवसर पाउँनु पर्दछ । यस तर्फ पनि नेपाल सरकारको ध्यानआर्कषण यसै पत्रकार सम्मेलन मार्फत गर्न चाहन्छौं ।
मुलुकमा स्थायी शान्ति स्थापनाको कामना साथ आयोजना गरिएको बुद्ध जयन्तीको महान् कार्यक्रममा सहभागिता र सहयोगको लागि सबैमा हार्दिक अपिल समेत गर्दछौं । यस कार्यक्रमलाई जनताका माझ पुराउँनको लागि सहयोग पुराउँन यस पत्रकार सम्मेलमा सहभागी भई दिनु भएका सम्पुर्ण पत्रकार मित्रहरूलाई पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

भवतु सर्वमंगलम्

आयोजक ः २५५८ औं बुद्ध जयन्ती राष्ट्रिय समारोह समिति