• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

नेपाल बौद्ध महासंघको दोस्रो महाधिबेशन सम्पन्न

नेपाल बौद्ध महासंघको दोस्रो महाधिबेशन गोकर्ण स्थित नोर्लिङ रिसोर्टमा हालै सम्पन्न भएको छ। यस महाधिबेशनको उद्घाटन समारोहको प्रमुख अतिथीमा संविधान सभाद्यक्षा सुवास नेम्वाङ हुनु हुन्थ्यो।  अधिबेसनमा प्रमुख अतिथि सुवास नेमवाङबाट नेपाल बौद्ध महासंघद्वारा प्रकाशित नेपाल बौद्ध संघको गतिबिधिहरु बारेको स्मारिकाको विमोचन पनि

गर्नु भयो। बौद्ध धर्ममा बिभिन्न सम्प्रदाय र परमपराहरु जस्तै थेरबाद,हिनयान, महायान र बज्रयान

 अन्तर्गतको धर्मगुरु तथा प्रतिनिधिहरुको उपास्थिति रहेको थियो भने बिभिन्न संघ साँस्थाको प्रतिनिधिहरु सहित बिभिन्न गोन्पाको को प्रतिनिधिहरु भिक्षु तथा भिक्षुणीहरुको पनि उल्लेखनिय रुपमा उपास्थित रहेको थियो।

 उद्घाटन समारोहमा बिभिन्न बक्तहरुले नेपालमा हाल बिधामान बौद्ध धर्म माथी आ-आफ्नो बिचार राखनु भएको थियो। मन्तब्य दिनु हुने हरुमा नेपाल शेर्पा संघको केन्द्रिय अध्यक्ष,नेपाल तामङ राष्ट्रिय बौद्ध महासंघको महासचिव श्याम तामाङ,सांस्क्रिति मन्त्रलयको सचिव मोदराज डोटेल,संविधान सभा सद्स्य मनानिय जिप छिरिङ लामा शेर्पा, बौद्ध दर्शन प्रवद्धन तथा गोन्पा बिकास समितिको अद्यक्षा ङिमा दोर्जे लामा योल्मोपा, नेपाल शाक्या बौद्ध संघका उपाध्यक्षा खेन्पो ज्याम्याङ खेड्रुप,नेपाल बौद्ध गेलुग संघको अद्यक्ष गेशे ङावाङ काल्साङ शेर्पा,मुस्ताङ चुम समाजको अध्यक्ष, नेपाल ङिङमा संघको तर्फबाट सेन्डक टुल्कु रिन्पोचे, बज्रयान बौद्द् संघका प्रतिनिधि,अखिल नेपाल भिक्षु संघको अध्यक्ष लगायतको प्रतिनिधीहरुले आ-आफ्नो धारणा राख्नु भएको थियो।

मन्तब्यको क्रममा बक्तहरुले बौद्ध हरु जुन सम्प्रदाय र परमपराको भए ता पनि आखिरी भगवान बुद्धको अनुयायी भएको कारण सबैलाई नेपाल बौद्ध महासंघ अन्तर्गत रहेर एक हुनु पर्ने बिचार राखनु भएको थियो। यसै गरि छोटो समयमामै निक्कै महत्वपुर्ण फड्को मार्न सफल नेपाल बौद्ध माहसंघले बिगत देखि बर्तमान सम्मा धेरै उपलब्धिमुलक कार्यक्रमहरु गरेको बताउनु भयो। कार्यक्रममा संबिधान सभा सद्स्य श्री जिप छिरिङ् लामा शेर्पाले अब  हुने राष्ट्रिय जनगणनमा राष्ट्रिय तथ्याँङक संकलन गर्ने क्रममा मिथ्याँङक नहोस भनि प्रत्येक जातजातीहरु सचेत हुनु पर्ने तथ्यांक संकलन गरेको पतिलिपीहरु चारवाट हुनु पर्ने जस्मा एक प्रति घरमुलीलाई, एक प्रति गा बि समा एक प्रति जिल्लामा र एक प्रति केन्द्रमा हुनु पर्ने बताउनु भयो । जस्ले गर्दा सहि तथ्यँक संकलन होस, यस्को लागी आफुले पनि संविधान सभामा सक्दो अवाज उठाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो। प्रथम चरणको कार्यक्रममा महा सचिव थुप्तेन जिगडोल (फुपु छेम्पे शेर्पा ताप्लेजुङ)ले महासचिवको प्रतिबेदन प्रास्तुत गरे भने, लुम्बिनि बिकाश कोषको उपाध्यक्ष समेत रहनु भएको नेपाल बौद्ध महा संघको कोषध्यक्ष आचार्य कर्मा साङबो शेर्पाले कोषको प्रतिबेदन पेश गर्नु भयो। उद्घाटन समारोहमा महा संघको अधक्ष खेन्पो ग्युर्मे छुल्ठिमले सबैलाई धन्याबाद दिनु हुंदै आफ्नो कार्यकालमा अधुरो रहेको कार्यहरुलाई आफु महासंघ भन्दा बाहिर रहेर पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता दिनु ब्यक्त गर्नु भयो।

दोश्रो चरणमा  बन्द सत्र पछि घोषणा सभामा परिणत भएको थियो। घोषणा सभाको प्रमुख अतिथिको रुपमा परम पुज्यनिय धर्म गुरु नवौ खेन्चेन क्याब्जे ठाङ्गु रिन्पोछेको बिराजमान हुनु हुन्थ्यो।
नेपाल शेर्पा संघको निबर्तमान अद्ध्य्क्ष क्रिपा सुर शेर्पाको अध्यक्ष्तामा एक निर्वचन समिति गठन भयो गठन भएको निर्वाचन मण्डलले अगामी तीन बर्षको लागी अध्यक्ष पदमा खेन्पो भगिन्द्र शिला(नन्द प्रसाद तिमिल्सिना)लाई सर्वसहमतिबाट चुनीनु भएको थियो। खेन्पो भगेन्द्र शिल महायान बौध परमपरामा शाक्यापा बाट आउनु भएको हो। यसै गरि उपाध्यक्ष पदमा महासंघकै भु पु महा सचिव थुप्तेन जिगडोल(फुपु छेम्पे शेर्पा ताप्लेजुङ)लाईचुनिनु भएको छ। वहाँ गेलुग परमपराको हुनु हुन्छ। त्यसै गरि महा सचिव पदमा कग्यु परमपराको आचार्य कार्मा साङपो शेर्पा हुनुहुन्छ आचार्य कर्मा साङबो लुम्बुनि बिकास कोषको उपाद्यक्ष समेत हुनुहुन्छ। यसै गरि कोषाध्यक्ष पदमा  ङिङमापा परमपराको आचार्य नुरु शेर्पालाई चुनिनु भएको छ।
अन्य सदस्यहरुमा बिभिन्न गोन्पाको खेन्पोहरु हुनुहुन्छ।
नव निर्वाचित अध्यक्ष खेन्पो भगेन्द्र शिलले आफ्नो काँधमा ठुलो र महत्वपुर्ण जिम्मेवारी आईपरेको र क्रमश: समाधान गर्ने बताउनु भयो। बिगतमा महासंघले पहल गरेको गोन्पा शिक्षा प्रणालीलाई अझ १० कक्षा सम्माको पाठ्यक्रममा समाबेश गर्ने उद्देस्यले कार्यक्रम अघिसार्ने बताउनु भयो भने लुम्बिनि बिस्व बिधालयमा माहायान बिस्वबिध्यालय स्थापनाको लागी पनि सक्दो पहल गर्ने बताउनु भयो। नव निर्वाचित कार्य समितीहरुलाई प्रमुख अतिथि ठाङ्गु रिन्पोछे ज्यु बाट सपथ ग्रहण गराउनु हुँदै आशिर्बाद सहित कार्यकालको शुभकामना दिनु भएको थियो भने बौद्ध महासंगको प्रशांस गर्नु भयो।