• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

नेपाल बौद्ध महासंघको चौथौं महाधिवेशन सुसम्पन्न

काठमाण्डौं पौष–७

नेपाल बौद्ध महासंघको चौथौं महाधिवेशन परम श्रद्धेय छोक्लिङ रिन्पोछेज्यूको प्रमुख आतिथ्यमा हयात् रीजन्सी, तारागाँउ बौद्धमा सुसम्पन्न भएको छ ।

उक्त कार्यक्रममा महासंघका सचिव छिरिङ छोटीन शेर्पाले सभालाई स्वागत् गर्नु भएको थियो । स्वागत् मन्तव्यको क्रममा महासंघले तीन वर्षमा सरकारी तथा गैर–सरकारी संघसंस्थाहरुसँग समन्वय गरी बौद्ध शिक्षा, वातावरण, बौद्ध धर्म, दर्शन आदि क्षेत्रमा कार्य गरिएको कुरा पनि राख्नु भयो । त्यस्तै महासंघका कोषाध्यक्ष कमल भण्डारीबाट आर्थिक प्रतिवेदन र महासचिव आचार्य नुर्बु शेर्र्पाबाट त्रिवर्षीय महासचिवको प्रतिवेदन प्रोजेक्टरबाट दृश्य सहित प्रस्तुत गरिएको थियो । तत्पश्चात् महासंघका सल्लाहकारहरु र चार महायान बौद्ध परम्पराका अध्यक्ष तथा प्रतिनिधिहरुबाट आफ्नो मन्तव्य राखिएको थियो । प्रमुख अतिथिले मन्तव्य राख्ने क्रममा महासंघले विगतका दिनहरुमा बौद्ध धर्म, दर्शन, संस्कृति आदि शिक्षा क्षेत्रमा गरिएका कार्यहरुको प्रसंशा गर्नु हुंदै भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । महासंघले चौथौ महाधिवेशनको शुभावसरमा तीन वर्षे कार्यकालको स्मारिका पनि प्रकाशन गरिएको थियो । जुन स्मारिका कार्यक्रममा प्रमुख अतिथि रिन्पोछेज्यूले विमोचन गर्नु भयो ।

महासंघका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पाले आफ्नो मन्तव्यको क्रममा तीन वर्षे कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दै भावीदिनहरुमा नेपाल बौद्ध महासंघले शिक्षा, वातावरण, धर्म दर्शन क्षेत्रमा विशेष कार्यक्रम तयार गरी अघि बढानु पर्ने कुरा राख्नु भएको थियो । प्रथम सत्रको कार्यक्रम महासंघका उपाध्यक्ष खेन्पो छोङी राङ्डोलले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रमको साधारण सभाले कार्यसमितिको निर्वाचनको लागि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाको संयोजकमा महासंघका सल्लाहकार विनोद लामा र बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिका पूर्व सदस्य सचिव, ङिमा तेन्डुप शेर्पा गरी तीन सदस्सिय निर्वाचन समिति गठन गरी तेस्रो कार्यसमितिको पदाविधि समाप्त भएको घोषणा गरियो । महाधिवेशन निर्वाचन मण्डलमा आवश्यक पदका लागि दर्ता गरिएको नामहरु निर्वाचन मण्डलले सर्वजानिक गरिएको थियो र त्यसमा कसैको विरोध नरहेपछि सर्वसम्मतबाट चौथौं कार्यकालको लागि आचार्य कर्मा रिन्छेन शेर्पा अध्यक्षतामा १३ सदस्यिको कार्यसमिति चयन भएको छ । जसमा १. आचार्य कर्मा रिन्छेन शेर्पा, अध्यक्ष २. आचार्य नुर्बु शेर्पा, उपाध्यक्ष, ३. कमल भण्डारी, (ङावाङ छोफेल) महासचिव ४. श्री कर्मा टासी घले, सचिव ५. कर्जाङ लामा कोषाध्यक्ष, र सदस्यहरुमा ६. पेमा दोनदेन गुरुङ, ७. राच शाक्य (गेशे लोजाङ), ८. लोपेन मिङमार नोर्बु शेर्पा, ९. लोपेन राव्ग्य तामाङ १०. कर्मा थुप्तेन तामाङ ११. देवेन सिंह मोक्तान १२. छिरिङ टासी १३ मिङमार शेर्पा रहेको छ ।

निर्वाचित नयाँ कार्यसमितिहरुलाई बौद्ध परम्परा अनुसार दोस्रो सत्रको प्रमुख अतिथि श्रद्धेय श्री छुजाङ रिन्पोछेज्यूबाट शफत ग्रहण गरिएको थियो । अन्तमा गोन्पाहरुका प्रतिनिधिहरु, महासंघका सल्लकार र उपस्थित सबैहरुबाट नव निर्वाचित सदस्यहरुलाई खादा लगाई बधाई शुभकामना दिएको थियो ।

Click her for more photos https://www.facebook.com/pg/Nepal-Buddhist-Federation-273631819448267/photos/?tab=album&album_id=959321770879265