• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

ताप्लेजुङमा गोन्पा शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सुसम्पन्न

नेपालको सुदुरपूर्व ताप्लेजुङ जिल्लामा गत पुस ४ देखि ६ गतेसम्म नेपाल शेर्पा संघ ताप्लेजुङ जिल्ला कार्यसमितिको आयोजनामा तीन दिने गोन्पा शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सुसम्पन्न भएको थियो । ताप्लेजुङ नगरपालिक जरा होटलको सभा कक्षामा आयोजना गरिएको सो कार्यक्रमको उद्घाटन सत्रमा नेपाल शेर्पा संघ जिल्ला कार्यसमितिका अध्यक्ष सून्दर शेर्पा, सभापति, स्थानिय विकास अधिकारी श्री तिर्थ धिताल, प्रमुख अतिथि, अतिथिहरुमा जिल्ला शिक्षा अधिकारी श्री पूर्ण बहादुर दार्जी, शिक्षा मन्त्रालयका उपसचिव, सुकदेव सापकोट, जिल्ला प्रहारी नायव उपरिक्षक श्री मेघराज कर्णेल, नेपाल बौद्ध महासंघका अध्यक्ष फुपु छेम्बे शेर्पा, महासचिव आचार्य नुर्बु शेर्पा, आचार्य सार्की शेर्पाको साथै जिल्लाका विभिन्न राजनीतिक पार्टी तथा संघ संस्थाका प्रतिनिधिहरूको व्यापक उपस्थितिमा रहेको थियो ।

परम्परगत रुपमा सञ्चालन गरिन्दै अएको धार्मिक प्रणालीका गोन्पा शिक्षालाई राष्ट्रिय शिक्षाको मूलधारमा ल्याई विश्व स्तरमा राज्यको मान्यतालाई प्रस्तुत गर्न २०६५ सालदेखि गोन्पा शिक्षा पाठ्यक्रम तथा पाठ्पुस्तक लेखन कार्य हुँदै अएको छ । हालसम्म कक्षा १ देखि १० सम्मको पाठ्यक्रम तथा पाठ्पुस्तक लेखन कार्य सम्पन्न भई नेपालको विभिन्न जिल्लामा रहेका गोन्पाहरुमा अध्ययन अध्यापन भैरहेको छ । हिमाल र पहाडसँगै उत्तर–दक्षिणमा फैलिएको ताप्लेजुङ जिल्लामा शेर्पा, वालुङ, तोक्पेगोला, भोटे, गुरुङ, तामाङ आदि बौद्धमार्गीहरुको बहुल्यता रहेको सो जिल्लामा रहेका गोन्पाहरूमा पनि गोन्पा शिक्षा पाठ्यक्रम लागु गराई अध्ययन अध्यापन गराउने मूल उद्देश्यका साथ उक्त तीन दिने कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । कार्यशाला गोष्ठीमा जिल्लाका विभिन्न गाविसबाट ३७ जनाको सहभागी रहेको थियो । उक्त गोष्ठीमा गोन्पा शिक्षाको परिचय, भाषा शिक्षणको सिद्धान्त, समस्या र समाधानका उपायहरू, गोन्पा शिक्षा पाठ्यक्रमको परिचय, नेपालमा बौद्ध धर्मको अवस्था, नेपालको शिक्षा नीति र समावेशीकरण, वर्तमान गोन्पा शिक्षाको अवस्था एवं चुनौतीको साथै गोष्ठीको अन्तिम दिन नगरपालिकामा रहेको सिटि हालमा आचार्य नुर्बु शेर्पाज्यूबाट करिब २ घण्टा बौद्ध धर्म सम्बधन्धी प्रर्वचन पनि भएको थियो । सो प्रर्वचनलाई विशेष महत्वका साथ ताप्लेजुङ एफ. एम. ९४ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण गरियो थियो
बौद्ध प्रर्वचन पश्चात् सोहि सिटि हालमा भएको समापन कार्यक्रममा मोहन कुमार गुरुङबाट समग्र गोष्ठीको विषयमा मूल्यांकन प्रतिवेन तयार गरी प्रस्तुत गर्नु भएको थियो । ताप्लेजुङ जिल्ला गोन्पा शिक्षा समिति आवश्यकताको विचारलाई ध्यानमा राखी कार्यक्रम समापन पश्चात् श्री फुर्वा शेर्पाको अध्यक्षतामा ९ सदस्यि जिल्ला कार्यसमिति गठन गरिएको थियो । साथै समितिले निकाट भविष्यमा ताप्लेजुङ जिल्लामा गोन्पा शिक्षाको नमुना विद्यालय स्थापना गर्ने विचार व्यक्त गरिएको थियो ।

Click here for more photos https://www.facebook.com/media/set/?set=a.564029290408517.1073741878.273631819448267&type=1