• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

एकमुष्ट अनुदान कार्यान्वयन (पहिलो संशोधन) निर्देशिका, २०६९


“धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूलाई अध्यापन, व्यवस्थापन कार्यमा सहयोगका लागि एकमुष्ट अनुदान कार्यान्वयन (पहिलो संशोधन) निर्देशिका, २०६९”
 
प्रस्तावना
 
       नेपाल सरकारबाट अनुमति वा स्वीकृति प्राप्त गरी संचालित धार्मिक प्रकृतिका विद्यालयहरू गुरुकुल, गुम्वा र मदरसा शिक्षालाई शैक्षिक प्रणालीको मूल धारमा ल्याउने ३ वर्षीय अन्तरिम योजनाको आधार पत्रमा उल्लेख भएको तथा विद्यालय क्षेत्र सुधार योजनाले यस प्रकृतिका परम्परागत शैक्षिक व्यवस्थालाई सुदृढ तथा संस्थागत गरी यी संस्थाहरूले दिने शिक्षालाई राष्ट्रिय मापदण्ड अनुसार औपचारिक शिक्षाको समकक्षी बनाउने भन्ने व्यवस्था बमोजिम यी संस्थाहरूका लागि स्रोत उपलब्ध गराई अध्ययनरत सबै बालबालिकाहरूले समान रूपले सिक्न पाउने अवस्था सुनिश्चित गर्ने उद्देश्यले नेपाल सरकार, शिक्षा मन्त्रालयबाट शिक्षा नियमावली, २०५९ को नियम, १९२ ले दिएको अधिकार प्रयोग गरी “धार्मिक प्रकृतिका विद्यालयहरूलाई अध्यापन, व्यवस्थापन कार्यमा सहयोगका लागि एकमुष्ट अनुदान कार्यान्वयन (पहिलो संशोधन) निर्देशिका, २०६९”  जारी गरिएको छ ।

“धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूलाई अध्यापन, व्यवस्थापन कार्यमा सहयोगका लागि एकमुष्ट अनुदान कार्यान्वयन (पहिलो संशोधन) निर्देशिका, २०६९”
 
प्रस्तावना
 
       नेपाल सरकारबाट अनुमति वा स्वीकृति प्राप्त गरी संचालित धार्मिक प्रकृतिका विद्यालयहरू गुरुकुल, गुम्वा र मदरसा शिक्षालाई शैक्षिक प्रणालीको मूल धारमा ल्याउने ३ वर्षीय अन्तरिम योजनाको आधार पत्रमा उल्लेख भएको तथा विद्यालय क्षेत्र सुधार योजनाले यस प्रकृतिका परम्परागत शैक्षिक व्यवस्थालाई सुदृढ तथा संस्थागत गरी यी संस्थाहरूले दिने शिक्षालाई राष्ट्रिय मापदण्ड अनुसार औपचारिक शिक्षाको समकक्षी बनाउने भन्ने व्यवस्था बमोजिम यी संस्थाहरूका लागि स्रोत उपलब्ध गराई अध्ययनरत सबै बालबालिकाहरूले समान रूपले सिक्न पाउने अवस्था सुनिश्चित गर्ने उद्देश्यले नेपाल सरकार, शिक्षा मन्त्रालयबाट शिक्षा नियमावली, २०५९ को नियम, १९२ ले दिएको अधिकार प्रयोग गरी “धार्मिक प्रकृतिका विद्यालयहरूलाई अध्यापन, व्यवस्थापन कार्यमा सहयोगका लागि एकमुष्ट अनुदान कार्यान्वयन (पहिलो संशोधन) निर्देशिका, २०६९”  जारी गरिएको छ ।
परिच्छेद – १
संक्षिप्त नाम र प्रारम्भ 
 १. यो निर्देशिकाको नाम “धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूलाई अध्यापन व्यवस्थापन कार्यमा सहयोगका लागि एकमुष्ट अनुदान कार्यान्वयन (पहिलो संशोधन) निर्देशिका, २०६९” रहेको छ ।
२. यो निर्देशिका तुरून्त लागु हुनेछ ।
३. यो निर्देशिका नेपाल सरकारबाट अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालनमा रहेका धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूमा लागू हुनेछ ।
४. विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा–
४.१   “मन्त्रालय” भन्नाले शिक्षा मन्त्रालय सम्झनुपर्छ ।
४.२   “विभाग” भन्नाले शिक्षा विभाग सम्झनुपर्छ ।
४.३ धार्मिक प्रकृतिका सामुदायिक विद्यालय भन्नाले नेपाल सरकारबाट सामुदायिक विद्यालय वा सार्वजनिक शैक्षिक गुठीको रूपमा विद्यालय सञ्चालनको अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालित सबै तहका गुरुकुल÷आश्रम, गुम्वा÷विहार र मदरसालाई सम्झनुपर्छ ।
४.४ धार्मिक प्रकृतिका विद्यालयहरूलाई एकमुष्ट अनुदान भन्नाले परिच्छेद ३ ६.१ क, ६.२ क 
र ६.३ क मा व्यवस्था भए अनुसारको अनुदान सम्झनुपर्छ ।
 
परिच्छेद – २
उद्देश्यहरू
५ यस निर्देशिकाका उद्देश्यहरू देहाय बमोजिम रहेका छन् 
५.१ धार्मिक प्रकृतिका विद्यालयहरूको परम्परागत मौलिक स्वरूपलाई कायम राख्दै पठन   पाठन, पाठ्यव्रmम, पाठ्यपुस्तक, परीक्षा आदिलाई सुव्यवस्थित राख्नु, 
५२ धार्मिक प्रकृतिका संस्थाहरूलाई शैक्षिक प्रणालीको मूलधारमा ल्याउनु,
५.३ धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरू वा सार्वजनिक शैक्षिक गुठीले दिने शिक्षालाई राष्ट्रिय मापदण्ड अनुसार  औपचारिक शिक्षाको समकक्षी बनाउनु,
५.४ सामाजिक न्यायका आधारमा परम्परागत धार्मिक प्रकृतिका सामुदायिक वा सार्वजनिक शैक्षिक गुठीमा सञ्चालित विद्यालयहरूलाई अनुदान वितरण गर्नु, 
५.५ शिक्षक दरवन्दी, राहत अनुदान, प्रति विद्यार्थी एकाई लागत अनुदान र भौतिक
सुविधाको अभावबाट विद्यार्थीको पठन पाठनमा पर्ने प्रभावलाई कम गर्नु,
५.६   जीवनोपयोगी, चरित्रप्रधान र धार्मिक शिक्षाको सुनिश्चिततामा टेवा पु¥याउनु,
 
परिच्छेद – ३
धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूलाई अनुदान वितरण गर्ने आधारहरू 
 
६. धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरू नेपाल सरकारबाट अनुमति वा स्वीकृति प्राप्त गरी नियमानुसार सञ्चालन भएको हुनु पर्नेछ । यस निर्देशिकाको व्यवस्था बमोजिमको अनुदान आर्थिक वर्ष २०६९÷२०७० देखि लागू हुनेछ ।
 
६.१ आधारभूत तह अन्तर्गत कक्षा १–५ को हकमा
 
(क) यस तहका प्रतिविद्यालय÷संस्थालाई बार्षिक रूपमा एकमुष्ट रू. १,६८,०००।– (एकलाख अठसठ्ठी हजार) अनुदान प्रदान गरिनेछ ।
(ख) यसरी एकमुष्ट अनुदान उपलब्ध गराइएका धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूलाई दोहोरो पर्ने गरी शिक्षक व्यवस्थापनको लागि अनुदान उपलब्ध गराइने छैन ।
(ग) अनुमति प्राप्त गरेका धार्मिक विद्यालयहरूलाई निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्तिको    एकमुष्ट रकम प्रदान गर्न भने बन्देज हुने छैन ।
(घ) यस प्रकृतिका सामुदायिक विद्यालयहरू मा कम्तिमा २५ जना विद्यार्थी हुनुपर्नेछ ।
 
६.२ आधारभूत तह अन्तर्गत कक्षा ६–८ को हकमा 
 
(क) यस तहमा प्रति विद्यालयलाई बार्षिक रूपमा एकमुष्ट रू. १,८९,०००।– (एकलाख   उनानन्बे हजार) अनुदान प्रदान गरिनेछ ।
(ख) यसरी एकमुष्ट अनुदान उपलब्ध गराइएका धार्मिक प्रकृतिका सामुदायिक विद्यालयलाई दोहोरो पर्ने गरी शिक्षक व्यवस्थापनको लागि अनुदान उपलब्ध गराइने   छैन ।
(ग)   अनुमति प्राप्त गरेका धार्मिक विद्यालयहरूलाई निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्तिको
      एकमुष्ट रकम प्रदान गर्न भने बन्देज हुने छैन ।
(घ) यस प्रकृतिका विद्यालयहरूमा कम्तिमा २० जना विद्यार्थी हुनुपर्नेछ ।
 
६.३ माध्यमिक तह अन्तर्गत कक्षा ९–१० को हकमा
 
(क) यस तहका प्रति विद्यालयलाई वार्षिक रूपमा एकमुष्ट रू. २,४५,०००।– (दुईलाख   पैंतालिस हजार) अनुदान प्रदान गरिनेछ ।
(ख) यसरी एकमुष्ट अनुदान उपलब्ध गराइएका धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूलाई दोहोरो पर्ने गरी शिक्षक व्यवस्थापनको लागि अनुदान उपलब्ध गराइने छैन ।
(ग) अनुमति प्राप्त गरेका धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूलाई निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, को एकमुष्ट रकम प्रदान गर्न भने बन्देज हुने छैन ।
(घ)   यस प्रकृतिका विद्यालयहरूमा कम्तिमा १५ जना विद्यार्थी हुनुपर्नेछ ।
 
६.४ धार्मिक प्रकृतिका सामुदायिक विद्यालय वा सार्वजनिक शैक्षिक गुठीको रूपमा सञ्चालित आधारभुत तह अन्तर्गत कक्षा १–५, कक्षा ६–८ र माध्यमिक तह अन्तर्गत कक्षा ९–१० को एउटै विद्यालयमा तीन वटै तह सञ्चालन भएको र यस निर्देशिका बमोजिम तोकिएको विद्यार्थी रहेको अवस्थामा सो विद्यालयले तीनै तहको अनुदान प्राप्त गर्न सक्नेछ ।
 
परिच्छेद – ४
७. धार्मिक प्रकृतिका विद्यालय÷संस्थाहरूले अनुदान पाउन पूरा गर्नुपर्ने शर्तहरू
 
७.१ यस्ता विद्यालयहरूले नेपाल सरकारबाट सामुदायिक विद्यालयको रूपमा अनुमति वा स्वीकृति प्राप्त गरेको हुनु पर्नेछ ।
७.२  शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार विद्यालय÷संस्था सञ्चालन भएको हनुपर्नेछ ।
७.३  विद्यालय÷संस्थाले चालु र विगत २ वर्षको फल्यास १ र २ तथ्याङ्क भरी अनिवार्य रूपमा  सम्बन्धित स्रोतकेन्द्र र जिल्ला शिक्षा कार्यालयमा पेश गर्नुपर्नेछ ।
७.४  विद्यालय÷संस्थामा व्यवस्थापन समिति अनिवार्य रूपमा गठन भएको हुनुपर्नेछ ।
७.५. परिच्छेद ४ को ७.”क” र ७.”ख” बमोजिम सञ्चालित विद्यालय÷संस्थाहरूमा स्वीकृत विधान बमोजिम सञ्चालक÷व्यवस्थापन समिति गठन भएको हुनुपर्नेछ ।
७.६ सामुदायिक धार्मिक विद्यालयहरूको हकमा विद्यार्थी सङ्ख्या प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा व्रmमश २५, २० र १५ वा सो भन्दा बढी भएमा १ शिक्षकको तलव भत्ता वरावरको अनुदान र सो भन्दा कम भएमा हाल खाइपाइ आएको वैकल्पिक विद्यालयको रूपमा पाएको अनुदानलाई नै कायम गर्ने ।
७.७  यस प्रकृतिका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरू अन्य विद्यालयमा भर्ना भई अध्ययन गरेको हुन हुदैन ।
७.८ भर्ना भएका बालबालिकाको कम्तिमा ८०% नियमित उपस्थिति गराउने र अन्तिम परीक्षाको नतिजा ७५ % नघट्ने गरी कार्ययोजना बनाई लागू गर्नुपर्नेछ ।
 
परिच्छेद – ५
विभिन्न निकायको काम कर्तव्य र अधिकार
 
८. धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरू गुरुकुल, गुम्बा र मदरसालाई अध्यापन कार्यमा सहयोगका लागि एकमुष्ट अनुदान व्यवस्थित रूपमा वितरण गर्न देहायका निकायको देहाय बमोजिम काम कर्तव्य र अधिकार हुनेछ ।
 
८.१ मन्त्रालय–
(क) स्रोतव्यवस्थापन र समन्वय गर्ने,
(ख) कार्यव्रmममा नीतिगत सुधार र कार्यक्रमगत परिमार्जन गर्ने तथा मातहतका  
    निकायलाई आवश्यक निर्देशन दिने,
(ग) कार्यव्रmमको उपलब्धि समीक्षा एवम् विश्लेषण गर्ने,
 
 ८.२ शिक्षा विभाग
       (क) र्धािर्मक प्रकृतिका सामुदायिक विद्यालयहरूलाई उपलब्ध गराउनु पर्ने अनुदान, जिल्ला र सामुदायिक विद्यालयको विवरण अद्यावधिक गर्ने,
(ख) जिल्लागत रूपमा कार्यक्रम निर्माण गरी अनुदान उपलब्ध गराउने,
(ग) प्राप्त उपलब्धि तथा कार्यान्वयन अवस्थाको अनुगमन गर्ने गराउने,
(घ) धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूलाई वितरण गरिने अनुदानलाई व्यवस्थित गर्न जिल्लाहरूलाई निर्देशन दिने,
(ङ) जिल्लागत प्रतिवेदन लिई विवरण तयार पार्ने,
 
८.३ क्षेत्रीय शिक्षा निर्देशनालय
(क) धार्मिक प्रकृतिका सामुदायिक विद्यालहरूलाई अनुदान वितरण व्यवस्थित गर्न जिल्लाहरूलाई निर्देशन दिने,
(ख) शिक्षा मन्त्रालय, शिक्षा विभागबाट प्राप्त निर्देशन बमोजिम सामुदायिक विद्यालय÷संस्थाहरूमा अनुदान निकासा गरे नगरेको अनुगमन गरी सोको प्रतिवेदन शिक्षा विभागमा पेश गर्ने,
 
८.४ जिल्ला शिक्षा कार्यालय
(क) अनुमति÷स्वीकृति प्राप्त धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूको विवरण तयार गर्ने,
(ख) धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्या अद्यावधिक गर्ने,
(ग) अनुमति÷स्वीकृति प्राप्त धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूको तहगत विवरण शिक्षा विभागमा पठाउने,
(घ) धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूमा भर्ना भई दिउसो अन्य विद्यालयमा  अध्ययन गर्ने विद्यार्थी विवरण यकिन गर्ने,
(ङ) शिक्षा विभागवाट प्राप्त निर्देशन बमोजिम एकमुष्ट अनुदान धार्मिक सामुदायिक विद्यालयको खातामा निकासा गर्ने,
(च) रकम निकासा भएअनुसार खर्चको प्रगति विवरण क्षेत्रीय शिक्षा निर्देशनालय र शिक्षा विभागमा पठाउने,
(छ) सम्बन्धित विद्यालय निरीक्षक वा स्रोतव्यक्तिबाट अनुगमन गर्न लगाई नियमानुसार धार्मिक विद्यालय सञ्चालन भएको प्रमाणित गरेर मात्र अनुदान निकासा दिने ।
 
८.५ धार्मिक विद्यालय÷संस्थाका सञ्चालक÷व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ 
(क) धार्मिक विद्यालय÷संस्थाले भर्नुपर्ने शैक्षिक तथ्याङ्क (ँबिकज १ र २) भरी जिल्ला  शिक्षा कार्यालयमा पेश गर्ने,
(ख) धार्मिक विद्यालय÷संस्थाको लेखा परीक्षण (आर्थिक र सामाजिक) नियमित रूपले गराई सो प्रतिवेदन कार्यान्वयन गर्ने गराउने,
(ग) यस कार्यव्रmम अन्र्तगत पूर्णकालिन वा आंशिक शिक्षकको व्यवस्थापन गर्न विनियममा व्यवस्था गरी जिल्ला शिक्षा कार्यालयबाट स्वीकृत गरी लागू गर्ने,
 
परिच्छेद – ६
विविध
 
८.६ शिक्षा ऐन तथा नियमावलीमा भएको व्यवस्था अनुसार अनुमति÷स्वीकृति पत्र लिई धार्मिक विद्यालय सञ्चालन नगरी अनुदान लिने कुनै धार्मिक विद्यालय÷संस्थाहरू भएमा त्यस्ता विद्यालय तथा संस्थाहरूलाई नियामानुसार कार्यवाही गरी अनुदान फिर्ता गर्न लगाउने ।
८.७ सम्बन्धित विद्यालय निरीक्षक वा स्रोतव्यक्तिबाट प्रमाणित गर्दा सत्यापनमा झुटा व्यहोरा प्रमाणित भई आएमा जिल्ला शिक्षा अधिकारीले त्यस्ता पदाधिकारीहरूलाई विभागीय कारवाहीको प्रव्रिmया अघि बढाउने ।
 
९.  निर्देशिकामा संशोधन
९.१ शिक्षा मन्त्रालयले यस निर्देशिकामा आवश्यकता अनुसार संशोधन गर्न सक्नेछ ।
९.२ शिक्षा ऐन तथा नियमावलीसँग बाझिएको हकमा शिक्षा ऐन तथा नियमावली बमोजिम नै हुनेछ ।
९.३ यस निर्देशिकामा भएका विषयमा थप स्पष्ट गर्नु परेमा शिक्षा मन्त्रालयबाट भएको व्याख्या अन्तिम हुनेछ ।