• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

अन्तर्राष्ट्रिय सम्मेलन गरी बुद्ध जयन्ती मनाइने

२९ पुस, काठमाडौं । सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरी २५६० औं बुद्धजयन्ती मनाउने तयारी गरेको छ । सम्मेलन गर्न बौद्ध गुरुसँग बिहीबार मन्त्रालयमा गरिएको छलफल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले एक हप्तासम्म चल्ने यो सम्मेलन धार्मिक र प्राज्ञिक दुवै हुने बताए ।

मन्त्री पोखरेलले भने, ‘विश्व शान्तिको सन्देश लिएर गौतम बुद्ध नेपालमा जन्मिए । बुद्धत्व प्राप्त नगरी जन्मिएको भए एकैपटक परिवार, राजदरबार र श्रीपेच तीन कुरा त्याग गर्न कसरी सक्थे ? जन्मदै बुद्धत्व प्राप्त नगरेको भए यो कुरा सम्भव थिएन ।’

नेपालमा बुद्ध जन्मिएको भन्ने सत्यलाई बिर्सिएर अहिले पनि कतिपय देशको पाठ्यपुस्तकमा भारत उल्लेख भएको पाइएको र त्यसबारे आफूले ती देशसँग दूतावासमार्फत पाठ्यपुस्तकमा परिमार्जन गर्न आग्रह गरेकोसमेत जानकारी उनले दिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. नरेशमान बज्राचार्यले बुद्ध दर्शनले विश्वलाई नेतृत्व दिनसक्ने विचार प्रकट गर्दै त्यसका लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न जरुरी भएको बताए ।

बौद्ध गुरु तोक्वोचे मोनास्टी (औतारी लामा) ले गौतम बुद्धलाई संसारले दिएजस्तो महत्व जन्मथलो नेपालले दिन नसक्दा विभिन्न खालका भ्रम पैदा भएको बताए ।

बौद्ध गुरु छुकिनिमा रिम्पोचे र ज्ञानपूर्णिक महास्थविरले बुद्धका सुरुका चेलाहरु नेपालकै हिन्दू गुरुहरु भएको र ताम्रपत्रमा अझै इतिहास सुरक्षित रहेको स्पष्ट पारे ।

सरकारले २५६०औँ बुद्धजयन्तीका अवसर पारेर नेपालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न लागेको हो । त्यसका लागि मूल आयोजक समिति बनाउन बौद्ध धर्म गुरुहरुसँग आज छलफलको आयोजना गरिएको हो । रासस