• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

मुस्ताङको चार गाउँपालिकामा जनचेतना कार्यक्रम


मुस्ताङ, असोज १६

नेपाल बौद्ध महासङ्घले विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ, नेपाल) सँग समन्वय गरी मुस्ताङ, जिल्लाको घरपझोङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा बौद्ध शिक्षाको माध्यमबाट वन्यजन्तु तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम गत असोज १२ देखि १५ गतेसम्म आयोजना गरी सम्पन्न भएको थियो ।


चार ओटा गाउँपालिकामा आयोजना गरिएको उक्त जनचेतना कार्यक्रम असोज १२ गतेका दिन घरपझोङ गाउँपालिका, वडा नम्बर ४, जोमसोम बहुउद्देश्यीय समाज घरको सभा कक्षामा गण्डकी प्रदेशका प्रदेश संसद् माननीय महेन्द्र थकालीको प्रमुख अतिथिमा, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्हामो गुरुङ, उपप्रमुख राजेन्द्र शेरचन, गाउँपालिका अध्यक्ष, आस बहादुर थकाली आदिको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसै गरी असोज १३ गतेका दिन वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर ४, कागबेनीमा रहेको महिला सङ्घको सभा कक्षामा गाउँपालिका अध्यक्ष श्री फेन्चोक छेप्तेन गुरुङको प्रमुख अतिथिमा, असोज १४ गतेका दिन लो–घेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर १, ल्हो चराङ दोर्जेदेन साक्य गोन्पाको सभा कक्षामा गाउँपालिका प्रमुख श्री लोब्साङ छोम्फेल बिस्टज्यूको प्रमुख अतिथिमा र असोज १५ गतेका दिन लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ महिला सङ्घको सभा कक्षामा मोन्छोे डाकर थेग्छेन लिङ, लोमान्थाङ गोन्पाका श्रद्धेय खेन्पो कुन्गा तेन्जीनज्यू प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमहरूमा वडा अध्यक्षहरू तथा प्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत त्यसैगरी धार्मिक तथा सामाजिक सङ्घ, संस्था, गोन्पा तथा आमा समूहका प्रतिनिधिहरूको साथै गाउँलेहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई नेपाल बौद्ध महासङ्घका अध्यक्ष आचार्य नुर्बु शेर्पा, ङिफुग गोन्पाका खेन्पो ज्याम्याङ तेन्जीङ, नामग्यल गोन्पाका खेन्पो खेनराब साङ्पो, नेपाल बौद्ध महासङ्घका केन्द्रीय सदस्य छिङ छ्योपे गुरुङ, पेमा छाल गोन्पा विद्यालयका प्रधानाध्यापक ङावाङ टासी गुरुङ र नेपाल बौद्ध महासङ्घका कार्यालय प्रमुख आचार्य सार्की शेर्पाले सहजीकरण गरिएको थियो ।