• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

गोन्पा शिक्षा शिक्षक प्रशिक्षण, चरिकोट, दोलखा

जिल्ला शिक्षा कार्यालय, चरिकोट, दोलखाद्वारा प्रायोजित तथा गोन्पा शिक्षा समितिको आयोजनमा मिति २०७० असार १–३ गतेसम्म दोलखा जिल्ला सदरमुकाम चरिकोटमा सञ्चालन भएको तीन दिने गोन्पा शिक्षा शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा जिल्ला भरी रहेका गोन्पाहरुका शिक्षकहरुको उपस्थिति रहेको थियो ।


Read More
 

बुद्धको जन्म भूमि नेपालमा बुद्धमूर्ति प्रतिस्थापना गर्न दिएन

गत जेठ ११ गतेका दिन २५५७ औं बुद्ध जयन्तीको सुभावसरमा बौद्धामार्गीहरुले सुर्खेत, काँक्रेविहारको परिसर पिपल चौतारीमा थाइल्याण्डबाट ल्याएको १७ फिट अग्लो फाइबरको बुद्धमूर्ति राख्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरिएको थियो । तत् पश्चात् सुर्खेतका बौद्धमार्गीहरु र प्रशासन बीच द्वण्द्व बढदै गएपछि सुर्खेत बन्दसम्मको घटनालाई शान्तपूर्ण रुपमा समाधन गर्न र घटनाको सत्य तथ्य बुझ्न नेपाल सरकारबाट ६ सदस्य उच्चस्तरिय छानविन टोली गठन गरी एक सात भित्र प्रतिवेदन तयार गर्ने निर्णाय गरियो । साथै नेपालमा रहेका बौद्ध संघ संस्थाहरुले पनि एक समिति गठन गरिएको थियो । समितिले तत्काल स्थालगत निरिक्षण गरी प्रतिवेदन तयार गर्नको लागि नेपाल बौद्ध महासंघ, नेपाल आदिबासी जनजाती महासंघ, राष्ट्रिय आदिबासी जनजाती महिला महासंघ, अखिल नेपाल भिक्षु महासंघ, धर्मोदय सभा, नेपाल परम्परागत बौद्ध धर्मसंघबाट एक एक जना प्रतिनिधि सुर्खेत पुगी सकेको छ । त्यहाँ पुगेका संघ संस्थाहरुका प्रतिनिधिहरुले प्रशासनको मातहतमा रहेको बुद्धमूर्ति अव्यवस्थित ढंगमा राखेकोले बुद्धमूर्तिलाई तत्काल व्यवस्थित रुपमा राख्न माग गरेपछि प्रशासनका कर्मचारीहरुले मुर्तिलाई प्रशासन कार्यालयको परिसरमै खाडा गरी राखेको छ । घटना स्थलमा पुगेका नेपाल बौद्ध महासंघका उपाध्यक्ष बताउनु हुन्छ– “हामी घटनाको सत्य तथ्यलाई बुझी प्रतिवेदन तयार गरी नेपाल सरकारलाई पेश गर्नेछौं ।


Read More
 

सोलुखुम्बुमा दश दिने गोन्पा शिक्षा शिक्षक प्रशिक्षण सुसम्पन्न

सोलुखुम्बु– चैत्र २८   सोलुखुम्बुको बेनी–४, जुनबेशीमा जिल्लामा रहेका गोन्पामा अध्यापनरत शिक्षकहरुलाई गत चैत्र १५ देखि २५ गतेसम्म दश दिने गोन्पा शिक्षा शिक्षक प्रशिक्षण “शिक्षकको पेसागत विकास (टि.पि.डी.)” तालिम प्रदान गरिएको थियो । परम्परागत रुपमा संचालन गरिन्दै आएको गोन्पा शिक्षालाई शिक्षा प्राणालीको मूल धारमा ल्याई विश्व स्तरमा राज्यको मान्यतालाई प्रस्तुत गर्न र गोन्पा शिक्षा

परम्परालाई आधुनिक परिवेशमा अझ सशक्त रुपमा अध्ययन–अध्यापन गराउने नेपाल सरकारको नीति अनुरुप पाठ्यक्रम विकास केन्द्रबाट गोन्पा शिक्षाको कक्षा १ देखि १० सम्मका पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरि अध्ययन अध्यापन भई रहेकोले गोन्पामा प्रदान गरिने शिक्षालाई अझ गुणस्तरीय बनाउनका लागि नेपाल बौद्ध महासंघ, शैक्षिक तालिम केन्द्र, धुलिखेल र जिल्ला शिक्षा कार्यालय, सोलुखुम्बुको सहकार्यमा उक्त दश दिने गोन्पा शिक्षा शिक्षक प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको थियो ।
     तालिममा जिल्लामा रहेका १७ गोन्पाबाट २३ जना शिक्षकहरुले सहभागी जनाएका थिए । सहभागीहरुलाई जिल्ला शिक्षा अधिकारी कृष्ण प्रसाद कप्री, शैक्षिक तालिम केन्द्र धुलिखेलका प्रशिक्षक हरिस पन्त, गोन्पा÷विहार व्यवस्थापन परिषद्का सदस्य आचार्य सार्की शेर्पा, सदस्य आचार्य रिन्जी छेपाल शेर्पा, विद्यालय निरिक्षक, देवराज निरौल र स्रोतव्यक्ति गोविन्द प्रसाद चोलागाईले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा सहभागी शिक्षकहरुले यस प्रकारको प्रशिक्षण कार्यक्रम अति शिक्षा मुलक भएकोले यसलाई निरन्तरता दिनु पर्ने आफ्नो विचारहरु रखेका थिए । समापन कार्यक्रमका प्रमुख अतिथि जुनबेशी माध्यमिक विद्यालयका भू.पू प्रधानाध्यपक काजी शेर्पाले आफ्नो मन्तव्य राख्ने क्रममा आफ्नो कार्यकालमा भाषा, धर्म र संस्कृति अध्यापन गराउन विद्यालयमा आफुले सक्दो कोशिस गरिएको बताउनु हुंदै, सोलुखुम्बुमा गोन्पाका शिक्षकहरुलाई प्रशिक्षण दिएकोमा खुशी व्यक्त गर्नु भएको थियो । अन्तमा प्रमुख अतिथिबाट सहभागी शिक्षकहरुलाई प्रमाण–पत्र प्रदान गर्नु भई कार्यक्रम सम्पन्न भएको थियो ।


Read More
 

नेपाल बौद्ध महासंघको छैटौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं, कार्तिक ४ – नेपाल बौद्ध महासंघको आ. व. ०६८–६९ को छैटौं वार्षिक साधारण सभा बौद्ध तीनचुली स्थित बौद्ध गाडेन भान्साघर, भूवलडाँडामा टुल्कु लोब्साङ नाम्गेल रिन्पोछे ज्यूको प्रमुख अतिथित्यमा सुसम्पन्न भएको यियो ।
बिहान ९ः०० बजे शुरु भएको उक्त साधारण सभा कार्यक्रममा महासंघका महासचिव आचार्य कर्मा साङबो

 ज्यूबाट वार्षिक प्रगति विवरणको साथै आगामी दिनहरूमा गर्नु पर्ने मुख्य कार्यहरू र केहि प्रस्ताव प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष आचार्य नुर्बु शेर्पाबाट आ. व. ०६८–६९ को आय व्यय सुनाउनु भएको थियो । शुभ कामना मतव्यको क्रममा अदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा निवर्तमान सभाषद् श्री पासाङ शेर्पाले आफ्नो विचार राख्नु हुन्दै “हाम्रो देशका राजनैतिक नेताहरू शान्ति भन्न आउछ तर जो शान्तिको मार्गमा हिड्दै छ त्यसलाई सम्मान गर्न आउदैन, त्यसैले यदि शान्ति भन्न आउछ भने शान्तिको मार्गमा हिड्ने बौद्धमार्गीहरूलाई सम्मान गर्नु जान्नु पर्दछ ।” अदिवासी महिला महासंघ अध्यक्ष तथा नेपाल बौद्ध महासंघका सल्लाहकार ङिमी शेर्पाले बोल्नु हुंदै “ जब हामीले हिंसा नगरे तापनि हामीमाथि हिंसा गर्छ भने हामी चुप लागेर बस्नु हुन्दैन ।” भन्नु भएको थियो । लुम्बिनी विश्वविद्यालयका उपकुलपति त्रिरात्न मान्नधारले शुभ कामना मन्तव्य क्रममा “लुम्बिनी विश्वविद्यालयले महायान बौद्ध अध्ययनको विषयमा नेपाल बौद्ध महासंघसँग मिलेर अघि बढ्ने र परम्परागत बौद्ध शिक्षालाई ध्यानमा राख्दै विश्वले स्वीकार गर्ने पाठ्यक्रम राख्नु पर्ने विचार व्यक्त गर्नु भएको थियो”।
कार्यक्रममा निवर्तमान सभाषद् श्री जिप छिरिङ शेर्पा, लुम्विनी विश्वविद्यालयका उपकुलपति, त्रिरत्न मन्नदार, अखिल भिक्षु महासंघका महासचिव भिक्षु कौन्डणीय, चार सम्प्रदायका प्रतिनिधिहरू, अदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा निवर्तमान सभाषद् श्री पासाङ शेर्पा, अदिवासी महिला महासंघका अध्यक्ष ङिमी शेर्पा, डब्लु डब्लु एफका निर्देशक डा.घनश्याम गुरुङ तथा विभिन्न गोन्पाका तथा संघ संस्थाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।


Read More
 

बौद्ध संघ सस्थाहरूबाट बंगलदेश दूतबासलाई ज्ञापन पत्र

काठमाण्डौं, असोज २३ – नेपालका विभिन्न बौद्ध संघ सस्थाहरूले सामुहिक रुपमा केही दिन पहिले बंगलदेशका बुद्ध अनुयायीहरूमाथि भएको हिंसात्मक घटना प्रति र भविष्यमा यस प्रकारका घटना हुन नदिनका साथै धार्मिक सहिष्णुता स्थापित गराउनका निम्ति ज्ञापन पत्र दिएको थियो । गत असोज १५ (1 Oct.2012) गतेका दिन बंगलदेशको राजधानी ढाका स्थित कक्स बजारका विभिन्न ठाउँहरूमा हजारौं प्रर्दशनकारीहरूले बौद्ध विहार (गोन्पा) हरू माथि आक्रमण गरी बुद्धका मूर्तिहरू तोडफोड र आगजनी गर्नुको साथै बौद्धमार्गीहरू माथि भैतिक हमला गरिएका थिए । विज्ञप्ती पत्र दिने क्रममा सबै प्रतिनिधिहरूले आ–आफ्नो विचार राख्नु भएको थियो र त्यसै क्रममा नेपाल बौद्ध महासंघका उपाध्यक्ष थुप्तेन जिक्डोले मानवतालाई जोर दिनुहुन्दै – “हामीहरूले जुन सुकै धर्ममा आस्था र विश्वास गर्ने भएता पनि सर्व प्रथम हामी सबै मानव एक हुन र सबैको चाहना भनेको सुख हो त्यसैले सुखी हुनाको लागि अहिंसाकोे सिद्धान्तमा रही एक अर्काको धर्म प्रति आदर र सम्मान गर्दै धार्मिक सहिष्णुतालाई जोड दिनुपर्छ । जब मानिसमा मानवता हुंदैन तबसम्म यस प्रकारको घटना भैरहन्छ, त्यसले हामी सबैमा मानवता हुनु पर्दछ” भन्नु भएको थियो । अन्तमा राजदूतबाट विज्ञप्ती पत्रलाई यथा शिघ्र बंगलदेश सरकार समक्षा पठाउने र भविष्यमा बंगलदेशमा रहेका बौद्ध मार्गीहरूमाथि यस प्रकारका घटना हुना नदिने प्रतिबद्धताका साथ बंगलदेश सरकार यस घटना प्रति संवेदना शील रहेको जनकारी दिनु भएको थियो ।


Read More
 

हार्दिक समवेदना

यस नेपाल बौद्ध महासंघका पूर्व सल्लाहकार श्री मीन बहादुर शाक्य ज्यूको आकस्मिक निधानले बौद्ध धर्म दर्शन अध्ययन, अनुसन्धानकर्ता तथा अनुवादकहरूले एक अन्तर्राष्ट्रिय स्तरका बौद्ध विद्वान गुमाएको महसुस गर्नको साथै सबैलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ तसर्थ दिवंगत आत्माको चीर शान्तिको लागि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमाशोक सन्तप्त परिवार तथा आफन्तजनहरूप्रति यस नेपाल बौद्ध महासंघ परिवार हार्दिक समवेदान प्रकट गर्दछ ।
महासचिव
तीनचुली, काठमाण्डौं


Read More
 

NBF outraged at Buddha's images on shoe

Nepal Buddhist federation strong concern has drowned by brutal action of Buddha’s Image on Shoes by American Company named Icon Shoe Design based in Palm Desert, California. Lord Buddha is worshiped by billions of Buddhist people, also respected by non Buddhist and non believer people around the world as well. The Buddha's message of non violence, harmony and compassion is being more relevant at present time than in the Buddha's life time. This kind of brutal action hurt all Buddha’s follower’s faith, feeling and sentiments all over the world. Therefore we strongly condemn and have objection to the Icon Shoe Design Company. We pay our attention and request not to repeat again this kind of brutal action near in future which hurt billions of Buddhist people’s sentiments and faith. “Learn respect to other, you will be respected by others too.” Nepal Buddhist Federation


Read More
 

गोन्पा शिक्षा शिक्षक कार्यशाला २०६९

आचार्य सार्की शेर्पा– १४ असार, भक्तपुर— गोन्पा शिक्षाको पाठ्यपुस्तक कक्षा १० को भोट भाषा र बौद्ध शिक्षा विषय लेखन कार्य सम्पन्न भई पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरमा शिक्षक कार्यशाला सुसम्पन्न भएको छ । कार्यक्रममा पुस्तकमा रहेका शुद्धाशुद्धि, विषय सूचि तलमाथि भएका तथा प्रविधिक त्रुटि आदिलाई पुस्तक लेखक तथा बौद्ध दर्शन विज्ञहरुले

सच्याई गोन्पा÷विहार व्यवस्थापन परिषद्का अध्यक्ष आचार्य नुर्बु शेर्पा, नेपाल बौद्ध महासंघका उपाध्यक्ष र महासचिव, शिक्षा विभागका कार्यकारी निर्देशक खगराज बराल, उपनिर्देशक शम्भु दाहाल पाठ्यक्रम अधिकृत गणेश भट्टराई आदिबाट पुस्तक प्रकाशन गर्ने योग्य भएको पारित गरिएको थियो ।


Read More
 

नेपाल बौद्ध महासंघद्वारा सागादावा मोन्लाम पुजा सम्पन्न

नेपाल बौद्ध महासंगहको आयोजनामा काठमाण्डौ बौद्ध स्थित बौद्ध घ्यङ गुठिमा 'सागादावा' मोन्लाम पुजा पर्व भब्यताको साथ मनाएको छ।

बौद्ध स्थित श्री घ्याङगुठीको पुजा हलमा बौद्ध धर्ममा चारै

सम्प्रदायका लामा आनी एवं प्रतिष्ठित गुरुहरुको समुपस्थितीमा भब्यताको साथ सागादावा' मोन्लाम पुजा सुसम्पन्न गरियो। उक्त मोन्लाम पुजा दुई दिनको लागी आयोजना गरिएको थियो। उक्त पुजामा बिषेश अतिथीको रुपमा पालै पालो चारै

सम्प्रदाबाट विषिष्ट श्राद्देय गुरुहरुलाई आमण्त्रण गरिएको थियो। अन्तिम दिन अर्थात मिती २०६९ जेष्ठ २२ गतेका दिन विश्व शान्तिको कामना सहित सम्पुर्ण आगन्तुक श्राद्धालु भक्तजनहरुलाई प्रसद् वितरण सहित सम्पन्न गरियो।

महासंघको बार्षिक कार्यक्रम अन्तर्गत् संघको स्थापनाकालदेखी नै हरेक बर्ष  यो पर्व मनाउदै आएको छ।


Read More
 

नेपाल बौद्ध महासंघद्धारा आयोजित २१३९ छु फो डुग्लो लोसारको शुभ अवसारमा शुभकामना आदान प्रदान

काठमाण्डौं, फाल्गुन १३, शेर्पावर्ल्ड समाचारदाता,– नेपाल बौद्ध महासंघद्धारा आयोजित २१३९ छु फो डुग्लो लोसारको शुभ अवसारमा शुभकामना आदान प्रदान तथा भोट–नेपाली बौद्ध शब्दकोशको विमोचन कार्यक्रम संघीय मामिला तथा संस्कृति मन्त्री गोपाल किराँति ज्यूको प्रमुख आतिथ्यमा बौद्ध तीनचुली स्थित बौद्ध गार्डेनमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा हिमाली बौद्ध परम्पराका चारै सम्प्रदायका प्रतिनिधि लगायत विभिन्न बौद्ध धर्म तथा दर्शनसँग आबद्ध शैक्षिक संस्थाहरूका विद्वानवर्ग एवं अन्य संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सोही कार्यक्रममा

अनेक वक्ताहरूले भोट–नेपाली बौद्ध शब्दकोशको पहिलो प्रकाशनको प्रशंसा गर्दै वर्तमान परिप्रेक्ष्यमा बौद्ध धर्म–दर्शनको जगतमा यस प्रकारको शब्दकोशको अभाव एवं उपादेयताको विषयमा औल्यपउनु भएको छ ।

यस प्रकारको शब्दकोशको प्रकाशन हालसम्म नेपालमा नभएकोले नेपालका हिमाली भेगस्थ विभिन्न बौद्ध गोन्पा तथा अन्य शैक्षिक संस्थानहरूमा अध्ययन–अध्यापन गर्ने नेपाली भाषी बौद्ध विद्वानहरूले बौद्ध धर्म–दर्शनलाई सहज रुपमा संवद्र्धन गर्न सकेको छैन । तसर्थ यस शब्दकोशको प्रकाशनले उक्त अभावलाई दूर गर्दै बौद्ध शिक्षालाई नेपाली जगतमा प्रसारण तथा संवद्र्धन गर्न अतुलनीय सहयोग पुग्ने कुरामा विमति छैन । यस शब्दकोशलाई आचार्य सार्की शेर्पा, आचार्य सोनाम शेर्पा र आचार्य रिन्जी छेपाल शेर्पाले संयुक्त सक्रियतामा सम्पादन गर्नु भएको छ । जसलाई नेपाल बौद्ध महासंघले प्रकाशनमा ल्याएको छ ।
कार्यक्रममा नेपाल बौद्ध महासंघद्वारा गोन्पा शिक्षा पाठ्य पुस्तक लेखनमा सहयोग गर्नु हुने उच्च मा. शिक्षा परिषदका पूर्व कार्यकारी निर्देशक चित्र प्रसाद देवकोटा र शिक्षा विभागका महानिर्देशक महाश्रम शर्मालाई खाता तथा प्रशंसा पत्र प्रदान गरियो । शेर्पा समुदायका वरिष्ठ समाजसेवी तथा नेपाल बौद्ध महासंघका सल्हाकार माननीय जीप छिरिङ लामा शेर्पा, उच्च मा. शिक्षा परिषदका सदस्यसचिव विमल गुरुङ, दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत कमान सिंह लामा तथा विभिन्न संघ सस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई नेपाल बौद्ध महासंघका कोषाध्यक्ष आचार्य नुर्बु शेर्पाले संचालन गर्नुको थियो र महासचिव आचार्य कर्मा साङबो शेर्पा ज्यूले कार्यक्रमका अध्यक्षता तथा धन्यवाद ज्ञापन गर्नु भयो ।

Read More