• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

बुद्धमूर्ति प्रतिस्थापनाको माग गर्दै तेस्रो चरणको आन्धोलन सार्वजानिक

२– भाद्र, काठमाण्डौं
सुर्खेत, काँक्रेविहार बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समितिले आईतबार, फोनिज, अनाम नगरमा पत्रकार सम्मेलन गरी भाद्र ४ गतेदेखि १३ गतेसम्म तेस्रो चरणको आन्दोलन सार्वजनिक गरिएको थियो । घोषित कार्यक्रम अनुसार भाद्र ४ गतेदेखि ९ गतेसम्म विहान ७ देखि वेलुका ७ बजेसम्म शान्तिवाटीका, रत्नपार्कमा रिले अनशन गर्ने र भाद्र १३ गतेका दिन वृहत शान्ति ¥याली तथा सडक जनसभा गर्ने कार्यत्रम रहेका छन् ।


Read More
 

उच्चस्तरीय राजनीतिक संयन्त्रलाई संयुक्त सरोकार समितिको ज्ञानप–पत्र

श्रावण–२७, काठमाण्डौं
सुर्खेत काँक्रेविहार परिसरमा बुद्धमूर्ति स्थापना गर्दा घटेको घटनाको विषयलाई लिएर उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक पुष्प कमल दहाल (प्रचण्ड) लाई उहाँ कै निवासमा गत २०७० श्रावण २० गतेका दिन भेट गरी सुर्खेत काँक्रेविहार बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समितिले प्रतिवेदन सहित ज्ञानप–पत्र बुझाएको थियो । ज्ञानप–पत्र लिनु हुंदै उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा यस विषयका कुरा राख्ने र यथा शीघ्र समस्याको समाधन गर्ने आस्वासन दिएको थियो ।

Read More
 

बौद्धमार्गीहरुद्वारा सिंहदरवार ठप्प, वार्ता निष्कर्षविहीन

काठमाण्डौं, श्रावण-१५

सुर्खेत काँक्रेविहार परिसरमा बुद्धमूर्ति प्रतिस्थापना गर्न नदिएको विषयमा बौद्धमार्गी र आदिबासी जनजातिहरुले सिंहदरवार घेराउ गरेका छन् । चरणबद्ध रुपमा शान्ति प्रद्धर्शनमा उत्रिएका बौद्धमार्गीहरुले आज भद्रकाली, माइतीघर मण्डला, पुतलीसडक र हनुमानथान आदि स्थानहरुबाट सिंहदरवार घेराउ गरिएकोले त्यस स्थानमा विहान ८ बजेदेखि ११ बजेसम्म सवारी आवागमन ठप्प भएको थियो ।


Read More
 

बसन्तपुरमा बौद्धमार्गीहरुले कोणसभा गरियो ।

काठमाण्डौं–श्रावण १३

सुर्खेतका बौद्धमार्गीहरुले गत जेठ ११ गते बुद्ध जयन्तीका दिन काँक्रेविहार परिसरमा स्थापना गरिएको बुद्धमूर्ति सुर्खेत जिल्ला प्रशासनले खोसिएर लगिए पछि सम्पूर्ण शान्ति प्रेमी, बुद्धमार्गीहरुले खेद प्रकट गर्दै सुर्खेत, काँक्रेविहार बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समितिको नेतृत्वमा असार ८ गतेका दिन तीन बुंदे माग सहितको ज्ञापन–पत्र अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष सम्माननीय खिलराज रेग्मी समक्ष पेश गरिएको थियो । १५ दिनसम्ममा पनि केहि सुनवाई नभएपछि असार २६ र २७ गते दुई दिन प्रधानमन्त्री निवास, बालुवाटरमा बौद्धमार्गी र आदिबासी जनजातिहरुका विभिन्न संघ सस्थाहरुले शान्ति प्रदर्शनमा गरिएको थियो ।


Read More
 

सुर्खेत बुद्धमूर्तिको विषयमा बौद्धमा कोणसभा गरियो ।

काठमाण्डौं, श्रावण–८

सुर्खेत, काँक्रेविहार बुद्धमूति प्रतिस्थापनाको विषयमा बौद्धमार्गी र आदिबासी जनजातिहरुले पकटक पटक सरकाससँग आग्रह गर्दा पनि कुनै सुनवाई नभएपछि गत असार २६ र २७ गते दुई दिन प्रधानमन्त्री निवास, बालुवाटरमा शान्ति प्रदर्शनमा उत्रिएको थियो । शान्ति प्रदर्शनलाई पनि सरकारले वेवास्ता गरेको भन्दै १ गते तुमु बौद्ध सेवा समिति, अनाम नगरमा बसेको सरोकारवालाहरुको पूर्ण बैठकले ७ गतेदेखि १२ गतेसम्म राजधानीको बिभिन्न स्थानहरुमा कोणसभा र १५ गतेका दिन सिहादरवार घेराउ कार्यक्रम सार्वजानिक गरेका थिए ।


Read More
 

बौद्धमार्गी र आदिबासी जनजातिहरुले सिंहदरवार घेराउ गर्ने घोषणा

श्रावण ३– काठमाण्डौं, सुर्खेत काँक्रेविहार परिसरमा बुद्धमूर्ति स्थापना गर्ने कामलाई रोक लगाउँदै बुद्धमूर्तिलाई खोसेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको परिसरमा अमानविय तथा अव्यवहारिक तरिकाले राखेको र सो बुुद्धमूतिलाई पूर्वसहमति अनुसार प्रतिस्थापना गर्न पाउँनु पर्छ भन्दै बौद्धमार्गी र आदिबासी जनजातिको संघ संस्थाहरुको संयुक्त सरोकार समितिले गत असार ८ गतेका दिन अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष सम्माननीय खिलराज रेग्मी ज्यूलाई ३ वुंदे माग सहितको ज्ञापन पत्र बुझाउनुको साथै सम्बन्धित निकायमा पटक पटक ध्यानार्कषण गराउँदा पनि सुन्वाई नभए पछि असार २६ र २७ गते दुई दिने शान्तिपूर्ण प्रदर्शनमा उत्रिएको थियो ।

साथै श्रावण १ गतेका दिन संयुक्त सरोकार समितिले नेपाली कांग्रेसका सभापति सुशील कोईराललाई पनि यसै विषयमा ज्ञापन–पत्र बुझाएको छ । हाम्रो शान्तिपूर्ण आवाजलाई चासो नदिए भन्दै तमु सेवा समिति, अनाम नगरमा १ गते सरोकार वाला संघ संस्थाहरुको पूर्ण बैठकले फेरी श्राउन ४ गते देखी ६ गते सम्म बिभिन्न स्थानहरूमा बिरोध ब्यानर कालो झण्डा टांग्ने र पर्चा बितरण, श्रावण ७ गते स्वयम्भू, ८ गते बौद्ध, ९ गते किर्तिपुर, १० गते पाटन, ११ गते भक्तपुर, १२ गते बसन्तपुरमा कोणसभा र १५ गते सिंहदरवार घेराउ कार्यक्रम गर्ने घोषणा गरिएको छ ।


Read More
 

गोन्पा/विहार विद्यालय सुधार योजना कार्यशाला गोष्ठी सम्पन्न

असार २८ हेटौडा, गोन्पा/विहार विद्यालयलाई योजना वद्ध रुपमा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा नेपाल सरकार शिक्षा विभागले अगुवा स्रोत केन्द्र, हेटैडामा आयोजना गरिएको दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यशाला गोष्ठीमा शिक्षा विभाग, विद्यालय व्यवस्थापन शाखाका उपनिर्देशक, रामशरण सापकोट, उपसचिव, रामराज खकुरेल र उपसचिव, जनर्दन नेपालले प्रशिक्षण दिएको थियो भने गोन्पा/विहार व्यवस्थापन परिषद् नेपालका सदस्यहरुको पनि उस्थिति रहेको थियो । सहभागीहरुलाई ५ भागमा विभाजन गरी पञ्च वर्षे गोन्पा÷विहार विद्यालय सुधार योजना तयार गर्न लगाई समूहगत रुपमा छलफल समेत गरिएको थियो । उक्त कार्यशाला गोष्ठीमा ताप्लेजुङ, सोलुखुम्बु, दोलखा, ओखाल्ढुङ्ग, सिन्धुपाल्चोक, खोटाङ, काठमाण्डौं, रसुवा, काभ्रेपलाञ्चोक, कास्की, पाँचथर र माकावनपुर जिल्लाहरुबाट २७ जनाले सहभागी जनाएको थियो ।


Read More
 

बौद्धमार्गीहरु बालुवाटारमा विरोध प्रद्धर्शन गर्न उत्रियो ।

काठमाण्डौं, असार–२६ २५५७ औं बुद्ध जयन्तीको पावन अवसरमा सुर्खेत जिल्लाका स्थानीय बौद्धमार्गीहरूले लाटीकोईली गा.वि.स. वडा नं. ८ अवस्थित काँक्रेविहार परिसरमा भगवान् बुद्धको एक थान प्रतिमा स्थापना गरेको थियो । सो बुद्ध प्रतिमालाई स्थानीय प्रहरी प्रशासनले हस्तक्षेप गरी हालसम्म जिल्ला प्रहरी कार्यालयमा राखेको र भगवान् बुद्धको प्रतिमालाई प्रहरीको नियान्त्रणमा अपराधीलाई जस्तै गरी राख्नु भनेको अन्तराष्र्टिय जगतमा नेपाल राष्टिको छवीलाई जुकाएको भन्दै स्वत स्फुर्त रुपमा सबै बौद्ध परम्पराका अनुयायीहरु बालुवाटार प्रधान मन्त्री निवास अगाडि पहिलो पटक पाँच बुंदे माग सहित शान्ति विरोध प्रद्धर्शन गर्न उत्रिएको छ ।


Read More
 

Statement on the bombings in Bodhgaya

The Nepal Buddhist Federation (NBF) is deeply shocked and saddened by the tragic events at Bodhgaya in Bihar on Sunday, July 7th. The Mahabodhi Temple complex—the target of this atrocious acts —is of supreme religious significance as the holiest site in the world for Buddhists. It is the very place where the Buddha attained enlightened awakening 2557 years ago. The site is also of great historic significance as a UNESCO World Heritage site. The NBF takes a strong and unequivocal stand against violence as taught by the Buddha himself. As of now, we are not clear on the motivation behind these acts but they are clearly aimed at creating terror and distrust. The NBF urges all communities and Buddhists around the world to practice tolerance and compassion and to work together in constructive ways to address conflict and differences, and to build trust and understanding. We pray for the speedy recovery of all the injured.


Read More
 

सुर्खेतको काँक्रेविहार परिसरमा बुद्ध मूर्ति राख्ने विषयमा नेपाल सरकारलाई ज्ञापन–पत्र पेश गरियो

२५५७ औं बुद्ध जयन्तीको पावन अवसरमा सुर्खेत जिल्लाका स्थानीय बौद्धमार्गीहरूले लाटीकोईली गा.वि.स. वडा नं. ८ अवस्थित काँक्रेविहारमा भगवान् बुद्धको एक थान प्रतिमा स्थापना गर्नको लागि गएको झाकी ¥यालीलाई स्थानीय प्रहरी प्रशासनले अगाडी बढन दिएन र बुद्धको मुर्तिलाई स्थापना गर्ने कामलाई रोक्नको साथै ¥यालीमा सहभागी बौद्धमार्गीहरूलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो । त्यसपछि सिर्जना भएको बिवाद हाल सम्म समाधान हुन सकेको छैन । बिवाद यथावत् रहेको ब्यहोरा सम्माननीय अध्यक्ष ज्यू समक्ष जानकारी गराउँदै सो सम्बन्धमा हामी बौद्धमार्गी, संघ संस्थाहरू, राजनीतिक दलका नेताहरू, व्यक्ति व्यत्तित्वहरू समेतले प्रशासनको सो कदम प्रति गम्भिर दुःख प्रकट गर्दै बुद्धको मुर्तिलाई सोही स्थानमा अविलम्ब स्थापना गरियोस भनी हाम्रो यो संयुक्त प्रतिनिधी मण्डल यो ज्ञापन–पत्र सहित सरकार समक्ष प्रश्तुत भएका छौं ।


Read More