• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

विभिन्न धर्मावलम्बीहरू एकै साथ सडकमा

काठमाण्डौं श्रावण ३०
राजधानीको माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म सडकमा कालो झण्डा, प्लेकार्ड र कालो व्यानर सहित विभिन्न धर्मावलम्बीहरुले प्रदर्शन गरेका छन् ।

धर्मनिरपेक्ष राज्य कायम गर ।, धार्मिक विभेद अन्त्य गर ।, धर्मनिरपेक्ष विनाको संविधान मान्दैनौं ।, एलक धर्म राज्य मान्दैनौं ।, धार्मिक सहिष्णुता कायम गर ।, सम्पूर्ण जनताको चाहना धर्मनिरपेक्ष राज्यको कामना ।, पहिचान विनाको संघियाता मान्दैनौं ।, पूर्ण समानुपातिक समाबेशी प्रतिनिधित्व सुनिश्चित गर । जस्ता नारा लेखिएका प्लेकार्ड सहित बौद्ध, किराँत, इस्लाम, इसाई र बोन धर्मावलम्बीहरूको साथै आदिवासीजनजाति, मधेसी, मुस्लिम, खश र महिलाहरुको व्यपक उपस्थिति रहेको थियो । जुलुुसपछि नयाँ बानेश्वर संविधानसभा भवन अगाडि आयोजित कोणसभामा, विभिन्न वक्ताहरुले आफ्नो मन्तव्य राख्ने क्रममा धर्मनिरापेक्ष र पहिचान सहितको संघीयता विना कुनै पनि हलतमा संविधान स्वीकार नहुने विचार राखे ।

 


Read More
 

बौद्ध सम्पदाहरूको पुनर्निर्माणबारे दुई दिने सम्मेलन सम्पन्न

काठमाण्डौं, २७ श्रावण,
अन्नर्राष्ट्रिय बौद्ध परिसंघ नेपाल अध्यायले गत बैशाख १२, १३ र २९ गतेको महाविनाशकारी भूकम्पाबाट क्षतिग्रस्त गोन्पा, विहार, बहा–बहील, चैत्य, माणि आदि बौद्ध सम्पदाहरूको पुनर्निर्माण गर्ने विषयमा दुई दिने पुनर्निर्माण सम्मेलन राजधानीको गोकर्ण रिसोटमा सम्पन्न गरिएको छ ।


Read More
 

धर्म निरपेक्ष पक्षधरहरुको संयुक्त पत्रकार सम्मेलन सम्पन्न

काठमाण्डौं, श्रावण–२१

काठमाण्डौ, अनमनागर, तुमु बौद्ध सेवा समितिमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म भएको धर्म निरपेक्ष संरक्षण महासमितिको पत्रकार सम्मेलनले धर्म निरपेक्ष शब्द संविधानको असंसोधनिय धारामा राख्नु पर्ने माग गरेको छ । मुलुकको विद्यमान संविधानमा उल्लेख भएको धर्म निरपेक्ष शब्दावली प्रति पछिल्लो समयमा आएर हालै ल्याइएको संविधान मस्यौदा, सो मस्यौदाउपर गरिएका सुझाव संकलन र सरकार तथा मस्यौदा समितिमा रहेका उच्च ओहोदाका व्यक्तिहरूबाट विभिन्न मिति, स्थान र कार्यक्रममा व्यक्त गरिएका विवादास्पद अभिव्यक्तिहरूले धर्म निरपेक्ष शब्दावलीलाई बलजफ्ती विवादास्पद बनाइएको हो कि भन्ने पुष्टि विविध तवरले हँुदै गएको प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।


Read More
 

संविधानको प्रस्तावनमा नै धर्म निरपेक्ष शब्द लेख्नु पर्ने बौद्धमार्गीहरु माग

काठमाण्डौं, श्रावण–१६
विभिन्न सञ्चारमध्यममा संविधानको मस्यौदाबाट धर्म निरपेक्ष शब्द हटाई सकेको कुरा बाहिर आएपछि सम्पूर्ण बौद्धमार्गीहरुले अब बन्ने नयाँ संविधानमा धर्म निरपेक्ष शब्दलाई संविधानको प्रस्तावनामा नै राख्नु पर्ने माग गरेका छन् ।

नेपाल बौद्ध महासंघको संयोजकत्वमा अखिल नेपाल भिक्षु महासंघ, नेपाल परम्परागत बौद्ध धर्म संघ र नेपालमा रहेको विभिन्न बौद्ध संघ संस्थाहरुले संयुक्त रुपमा संवैधानिक–राजनीतक संवाद तथा सहमति समितिका सभापति, डा. बाबुराम भट्टाराई, संविधान मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौला, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) लाई आज संवैधानिक–राजनीतक संवाद तथा सहमति समितिका सचिवालय, सिंहदरवारमा भेट गरी ९ बुंदे सुझाव बुझाएको छ ।


Read More
 

संविधान मस्यौदामाथि बौद्धमार्गीहरूको नौ बुंदे सुझाव

काठमाण्डौं, श्रावण–५
नयाँ बन्ने सविधानको मस्यौदामाथि नेपालका त्रियान (थेरवाद, महायान र वज्रयान) ले संयुक्त रुपमा ९ बुंदे सुझाव सहित संविधान सभाका अध्यक्ष, सुवासचन्द्र नेम्वाङ्ग र नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सभापति प्रमिला राणालाई बुझाएको छ । सुझावमा संविधानको प्रस्तावना र धाराहरुमा समेटनु पर्ने विषयहररूलाई नौ बुंदमा समेटिएको छ ।


Read More
 

सागा–दावा मोन्लान (पूजा) भूकम्पाबाट मृत्यु भएकाहरूको सम्झाना सम्पन्न

काठमाण्डौ जेठ–१९
नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आएको सागा दावा पर्व यस वर्ष बौद्ध स्थित टासी सम्तेन लिङ्ग गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको व्यापक उपस्थितिमा दुई दिने विशेष पूजा कार्यक्रम गरी सागा दावा मोन्लाम कार्यक्रम सम्पन्न गरिएको छ । यस वर्षको मोन्लाम पूजा विशेष गरी गत बैशाख १२ र २९ गतेको महाविनाशकारी भूकम्पाबाट मृत्यु भएकाहरुको आत्म चीर शान्ति र घाईतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गरी पाठपूजा गरिएका थियो ।


Read More
 

Prayers for the Victims of Earthquake at Nepal

Kathmandu- May 4 :

On the auspicious occasion of Buddha Jayanti, Buddhist organizations of all schools, including Theravada, Mahayana and Vajrayana organized a grand prayer in front of the Baudha Stupa for the victims of April 25 earthquake that killed more than seven thousand people and still counting. Keeping in view the fact that the whole country is mourning and so much damage is caused to life, our heritage and villages, we changed the annual Buddha Jayanti celebration to a prayer meeting.

Many monks, Bikshus, nuns and lay people joined the prayer. We pray that the teachings of Buddha, of impermanence and compassion give our nation courage to face this natural calamity and ones again, may we rise up like a phoenix from the ashes so that we can walk on the path shown by Buddha for peace, non violence and prosperity.

Click here for more photos

https://www.facebook.com/permalink.php?story_fbid=643670142444431&id=273631819448267


Read More
 

शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, फाल्गुन–१२
       वार्षिक रुपमा नेपाल बौद्ध महासंघले आयोजन गर्दै आएको लोसार शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रम यस वर्ष गर्डन नोर्लिङ्ग रिसोट, गोकर्णमा श्री छुजाङ रिन्पोछेज्यूको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको छ ।
      विहान पहिलो सत्रमा ‘‘२१४२ सिङ् मो लुग लो लोसार’’ को शुभ–अवसार शुभ–कामना आदान प्रदान र दिउँसो दोस्रो सत्रमा गोन्पामा अध्ययनरत बालबालिकाहरूको हक अधिकार विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक, तारक धितालज्यूबाट बालअधिकारबारे राष्ट्रिय, अन्तरराष्ट्रिय मान्यता विषयमा संक्षिप्त जानकारी र Save the Children का सल्लाहकार शिव पौडेलज्यूबाट धार्मिक विद्यालयहरूका बालबालिकाहरूको हक अधिकार विषयमा प्रोजेक्टर मर्फत उपस्थित गोन्पाका प्रतिनिधिहरूलाई जानकारी गराउँनु भएको थियो । उपस्थित गोन्पाका प्रतिनिधिहरूले उहाँहरूलाई केही जिज्ञास र आफ््नो विचार व्यक्त गर्नु भएको थियो ।

        उक्त शुभकामना कार्यक्रममा विषेश अतिथि मा.सभासद् वाङदी शेर्पा, माननीय सभासद् पेम्बा लामा, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. नरेशमान वज्राचार्य, बौद्ध दर्शन प्रवद्र्धन तथा गोन्पा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्र गुरुङ, केन्द्रीय वालकल्यण समिति अध्यक्ष श्री डिल्ली राम गिरी, नेपाल अदिवासी जनजाति महासंघका उपाध्यक्ष, डण्डु डोक्पे, नेपाल बौद्ध महासंघका निवर्तमान अध्यक्ष तथा सल्हाकार खेन्पो ङावाङ छुल्ठीम, नेपाल परमपरागत बौद्ध धर्म संघ महासचिव दिनेश शाक्या, अखिल भिक्षु महासंघ केन्द्रीय सदस्य, भिक्षु पियदस्सी, नेपाल बौद्ध ञिङमा संघ, नेपाल कार्गोन कल्याण समिति, अतिथि नेपाल बौद्ध साक्य संघ, नेपाल बौद्ध गेलुग संघको साथै भिन्न गोन्पा र बौद्ध संघ संस्थाका प्रतिनिधिहरुको व्यपक उपस्थिति रहेको थियो ।

click here for more photos

https://www.facebook.com/permalink.php?story_fbid=602609589883820&id=273631819448267 


Read More
 

ताप्लेजुङमा गोन्पा शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सुसम्पन्न

नेपालको सुदुरपूर्व ताप्लेजुङ जिल्लामा गत पुस ४ देखि ६ गतेसम्म नेपाल शेर्पा संघ ताप्लेजुङ जिल्ला कार्यसमितिको आयोजनामा तीन दिने गोन्पा शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सुसम्पन्न भएको थियो । ताप्लेजुङ नगरपालिक जरा होटलको सभा कक्षामा आयोजना गरिएको सो कार्यक्रमको उद्घाटन सत्रमा नेपाल शेर्पा संघ जिल्ला कार्यसमितिका अध्यक्ष सून्दर शेर्पा, सभापति, स्थानिय विकास अधिकारी श्री तिर्थ धिताल, प्रमुख अतिथि, अतिथिहरुमा जिल्ला शिक्षा अधिकारी श्री पूर्ण बहादुर दार्जी, शिक्षा मन्त्रालयका उपसचिव, सुकदेव सापकोट, जिल्ला प्रहारी नायव उपरिक्षक श्री मेघराज कर्णेल, नेपाल बौद्ध महासंघका अध्यक्ष फुपु छेम्बे शेर्पा, महासचिव आचार्य नुर्बु शेर्पा, आचार्य सार्की शेर्पाको साथै जिल्लाका विभिन्न राजनीतिक पार्टी तथा संघ संस्थाका प्रतिनिधिहरूको व्यापक उपस्थितिमा रहेको थियो ।


Read More
 

धुलिखेलमा गोन्पा/विहार शिक्षा शिक्षक तालिम सुसम्पन्न

धुलिखेल, मंसिर–५
शैक्षिक तालिम केन्द्र, धुलिखेलमा गत कार्तिक २६ गतेदेखि टी.पी.डी. खाकामा सञ्चालन रहेको १० दिने गोन्पा/विहार शिक्षा शिक्षक तालिम आज सम्पन्न भएको छ । तालिममा सिर्जनात्मक कला शिक्षण विधि, गणित शिक्षणको सिद्धान्त, समस्या र समाधानका उपाय, बालमैत्री शिक्षण परिचय, सामाजिक अध्ययन आदि जस्ता विषयवस्तुहरू शैक्षिक तालिम केन्द्रका प्रशिक्षकहले र बौद्ध धमर्, दर्शन तथा गोन्पा/विहार शिक्षासँग सम्बन्धित विषयवस्तुहरू नेपाल बौद्ध महासंघ र अखिल नेपाल भिक्षु महासंघबाट खटाएका सम्बन्धित विषयका विज्ञहरूले सहजीकरण गर्ने गरिएका छन् । तालिमको क्रममा मंसिर २ गतेका दिन काठमाण्डौमा मञ्जुश्री सामुदायिक विद्यालय, नेपाल बौद्ध महायान केन्द्र गोन्पा विद्यालय, कपन र विश्व शान्ति विहार विद्यालयमा विद्यालय अवलोकन भ्रमण पनि गरिएको थियो ।


Read More