• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

ताप्लेजुङका बाडी पिडितलाई नेपाल बौद्ध महासंघको राहत

ताप्लेजुङ, नगरपालिका वडा नं. २, ७ र ८ मा गत भाद्र १७ गतेका राति गएको पहिरोबाट धेरै धनजनाको क्षति भएकोले स्थानिय सामजसेवी पासाङ रिता शेर्पाले स्थलगत निरिक्षण गरी विवरण उपलब्ध गरे अनुसार नेपाल बौद्ध महासंघले पिडित परिवार र विद्यार्थीहरूलाई राहत सामग्री वितरण गरिएको छ ।


Read More
 

बुद्ध जयन्तीको पावन अवसरमा हजारौं धर्म गुरुहरुबाट सामूहिक पाठपूजा

लुम्बिनी, जेष्ठ,

नेपाल सरकारबाट यस वर्षको २५६० औं बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय बुद्ध जयन्तीको रुपमा मनाएको थियो । सोहि पावन अवसरमा शक्यमुनि बुद्धको जन्म स्थल लुम्बिनी मायादेवी मन्दिर नजिकै रहेको पिपलको रुख मुनि हजारौ बौद्ध धर्म गुरुहरुबाट सामूहिक रुपमा पूजा सम्पन्न गरिएको थियो । बिहान ७ देखि ९ बजेसम्म भएको पाठपूजा कार्यमा संस्कृति तथा पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलज्यूको पनि उपस्थिति रहेको थियो ।


Read More
 

बौद्धमा आठौं सागा दावा मोन्लाम पाठपूजा सम्पन्न

काठमाण्डौ जेष्ठ–३


बौद्ध स्थित पाल दिल्याक गोन्पामा नेपाल बौद्धमहासंघले वार्षिक रुपमा आयोजना गरिने सागा दावा मोन्लाम पाठपूजा आज सम्पन्न भएको छ । वार्षिक रुपमा पूर्णिमाको दिन आयोजना गरिने साका दावा मोन्लाम पूजा यस वर्ष शाक्यमूनि बुद्धको जन्म स्थल लुम्बिनीमा २५६० औं बुद्ध जयन्तीलाई नेपाल सरकारबाट अन्तराष्ट्रिय बुद्ध जयन्तीको रुपमा आयोजना गरिएको हुँदा बुद्ध जयन्ती कार्यक्रममा गोन्पाहरुका लामाहरु सहभागी हुने भएकोले नवमी र दशमीको दिनमा नै मोन्लाम पूजा आयोजना गरिएको थियो ।


Read More
 

नेपालका बौद्ध धर्मावलम्बी र भारतका नव बौद्ध (डा. अम्बेडकर अनुयायी) हरू बीच कार्यशाला गोष्ठी सम्पन्न

गत बैशाख २५ गते शनिबारका दिन नेपाल बौद्ध महासंघको आयोजनामा नेपालका बौद्ध धर्मावलम्बीहरू र भारतका नव बौद्ध (डा. अम्बेडकर अनुयायी) हरू बीच एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।


Read More
 

अन्तर्राष्ट्रिय सम्मेलन गरी बुद्ध जयन्ती मनाइने

२९ पुस, काठमाडौं । सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरी २५६० औं बुद्धजयन्ती मनाउने तयारी गरेको छ । सम्मेलन गर्न बौद्ध गुरुसँग बिहीबार मन्त्रालयमा गरिएको छलफल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले एक हप्तासम्म चल्ने यो सम्मेलन धार्मिक र प्राज्ञिक दुवै हुने बताए ।

मन्त्री पोखरेलले भने, ‘विश्व शान्तिको सन्देश लिएर गौतम बुद्ध नेपालमा जन्मिए । बुद्धत्व प्राप्त नगरी जन्मिएको भए एकैपटक परिवार, राजदरबार र श्रीपेच तीन कुरा त्याग गर्न कसरी सक्थे ? जन्मदै बुद्धत्व प्राप्त नगरेको भए यो कुरा सम्भव थिएन ।’


Read More
 

चारै परम्पराका बौद्ध धर्मगुरुहरुबाट पूजा गरी शोग्सिङ ठड्योइयो

कार्तिक १८ काठमाण्डौं

गत बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पबाट बौद्धनाथ चैत्यको कुम्भका केही भाग चर्केको र तेरह छत्रचक्रमा धेरै क्षति भएकोले भत्काएर पुनः निर्माण गर्ने भएको छ । पुनः निमार्ण गर्ने क्रममा चैत्यको भित्र राखिने यष्टि (सोग्सिङ) एक महिना पहिला नै निर्माण सम्पन्न भई असोज २६ गतेदेखि कार्तिक १७ गतेसम्म यष्टिलाई मन्त्र सिद्धि गर्न बौद्धनाथ परिसरमा चारै बौद्ध परम्पराका धर्मगुरुहरुबाट दैनिक पाठपूजा गएको थियो । 


Read More
 

बौद्धनाथ चैत्यको मर्मत तथा जीर्णोद्धार, धर्म गुरुहरूबाट पाठपूजा

गत बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पबाट चैत्यको कुम्भका केही भाग चर्केको र तेरह छत्रचक्रमा धेरै क्षति भएकोले भत्काएर पुनः निर्माण गर्ने भएको छ ।

पुनः निमार्ण गर्ने क्रममा चैत्य भित्र राखिने यष्टि (सोग्सिङ ) निर्माण सम्पन्न भई असोज २६ गतेदेखि कार्तिक १५ गतेसम्म ञिङमा, कग्युद, साक्य र गेलुक बौद्ध परम्पराका प्रमुख धर्मगुरुहरूबाट यष्टि सिद्धि (सोग्सिङ ढुप्स्याग्) पूजा कार्यक्रम बौद्धनाथ परिसरमा भैरहेको छ ।

यष्टि सिद्धि पश्चात् कार्तिक १७ गते देवलोक अवतरण महोत्वसव (ल्हभप दुछेन) का दिन चैत्यमा सिद्धि गरिएको यष्टि राख्ने योजना रहेको श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाज्यूले बताउने भयो ।

click here for more photos

https://www.facebook.com/permalink.php?story_fbid=719299924881452&id=273631819448267


Read More
 

महासंघको नवौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ, असोज, ९

नेपाल बौद्ध महासंघको नवौं वार्षिक साधारण सभा बौद्ध गार्डेन भान्साघर, भूवलडाँडा, तीनचुलीमा परम श्रद्धेय छ्योग्लिङ रिन्पोछेज्यूको प्रमुख अतिथ्य तथा नेपाल बौद्ध महासंघका अध्यक्ष श्री फुपु छेम्बे शेर्पा (भिक्षु थुप्तेन जिग्डोल शेर्पा) ज्यूको अध्यक्षतामा सुसम्पन्न भएको थियो ।


Read More
 

धर्मनिरपेक्षको अपव्याख्यालाई तत्काल हटाउन माग

काठमाण्डौ, भदौ–२७

गत भदौ १९ गते संविधान विधेयकमा संयुक्त रुपमा संशोधन दर्ता गराउँदै तीन दलको संशोधन प्रस्तावमा ‘धारा ४, १ को प्रयोजनका लागि ‘धर्मनिरपेक्षता’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’ भन्ने व्याख्या थप गरिएको थियो ।


Read More
 

विभिन्न धर्मावलम्बी एकै साथै सडकमा

काठमाण्डौ, भदौं २०
नेपालका विभिन्न धर्मावलम्बीहरुले एकै साथ आइतबार राजधानीमा वृहत् धार्मिक तथा सांस्कृतिक र्‍याली प्रदर्शन गरेको छ । बृहत् र्‍यालीमा बौद्ध, किरात, ईश्लाम, ख्रीष्टियान, बोनका धर्मका अनुयायी र जातीय संगठनहरूले आआफ्नो संस्थाका व्यानर र प्ले कार्ड बोकेका छन् ।

भृकुटीमण्डप प्रर्दशनीमार्गबाट शुरु भएको र्‍याली भद्रकाली, माइतीघर मण्डल, बिजुलीबाजर हुंदै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई बौद्ध, किरात, ईश्लाम, ख्रीष्टियान, बोनका धर्मका धर्मगुरुहरुले सम्बोधन गर्नुको साथै आआफ्नो धर्मबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

धर्म निरपेक्ष संरक्षण महासमितिको आयोजनामा नयाँ बानेश्वरमा भएको विशाल धार्मिक कोणसभालाई सम्बोधन गर्ने क्रममा पहिलो वक्ता बौद्ध धर्मका प्रमुख फुपु छेम्बे शेर्पाले धर्म निरपेक्षताबारे सविस्तार उल्लेख गर्दै मुलुक यसबाट पछि फर्कन नसक्ने र यसको विकल्प नरहेको प्रष्ट पार्नुभयो। साथै तीन दलले गरेको व्याख्याप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो।
किरात धर्मका प्रमुख डकेन्द्रसिं थेगिमले सरकारले हिन्दु धर्मलाई काखा र अरु धर्मलाई कसरी पाखा पारिएको धार्मिक, सांस्कृतिक तथा भाषिक विभेदबारे मन्तव्य दिंदै यस्ता सबैखाले धार्मिक विभेदहरुलाई अन्त्य गर्न धर्म निरपेक्षता बिना अपव्याख्या कायम गर्नु अत्यावश्यक भएको बताउनु भयो।


Read More